प्रियास्मृति गजमेर, लमही, पुस ३० । लमहीमा जीपले मोटरसाइकल ठक्कर दिदा दुई जना घाइते भएका छन ।
दुर्घटनामा परि लमही नगरपालिका–५ रातोडाँडाका १९ वर्षीय निश्चल बुढाथोकी र लमही –६ कुलमोहोरका १९ वर्षीय शुलभ कार्की घाइते भएका प्रहरीले जानकारी दिएको छ ।
वडा प्रहरी कार्यालय लमहीका अनुसार घाइते बुढाथोकीको अवस्था गम्भीर रहेको छ भने कार्कीको अवस्था मध्यम छ । दुबै घाइतेलाई लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका लागि रिफर गरिएको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो लमही –४ स्थित पूर्व पश्चिम राजमार्गको सडकखण्डमा इभी जीपले मोटरसाइकल ठक्कर दिएको थियो । यो खबर तयार पार्दासम्म ठक्कर दिने जिप र मोटरसाइकको नम्बर भने खुलेको छैन ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ पुष ३० गते बुधवार