२०८२ माघ २३ गते शुक्रवार

कालिमाटी गाउँपालिकाले माग्यो तत्काल बाघ मार्ने अनुमति


दाङ, पुस ३० । लगातार एक साता भित्रै तीन जना स्थानीयको बाघको आक्रमण बाट मृत्यु भएपछि सल्यानको कालीमाटी गाउँपालिकाले बाघ मार्ने आदेश माग गरेको छ ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्री केसीले मंगलबार डिभिजन वन कार्यालय खलंगा सल्यानमा पत्रकार गर्दै प्रचलित कानुन बमोजिम बाघ मार्ने आदेश तत्काल जारी गरिदिन पत्राचार गरेका छन् ।

पुस २३ गते बाघले कालीमाटीको सीमा क्षेत्र सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका –५ गेरुवानीका ५७ वर्षीय गंगादेवी सारु मगर, पुस २५ गते कालिमाटी–७ की ४२ वर्षीया धनसरी रावत र पुस २९ गते कालीमाटी– ६ हात्तीढुंगाका ६६ वर्षीय चन्द्रबहादुर खप्तडीको बाघको आक्रमणबाट मृत्यु भएको भन्दै अध्यक्ष खत्री केसीले बाघ मार्ने आदेश माग गरेका हुन ।

त्यस्तै बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको बाँकेको राप्ती सोनारी गाउँपालिका – १ सौरीका स्थानीय ६१ वर्षीय मरिचमान भण्डारीको गाई वस्तु चराउन गएको समयमा पुस २१ गते बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

हप्ता दिनमै बाँके, सुर्खेत र सल्यानमा गरि चार जनाको बाघको आक्रमण बाट ज्यान गुमाएका थिए ।

बाँके राष्ट्रिय निकुञ्ज तथा सो संग सीमाना जोडिएका बस्मिा बाघ प्रबेश गरि निरन्तर मानवीय तथा घर पालुवा पशु चौपायमा क्षति पुर्‍याउँदै आएको गम्भीर अवस्था रहेको हुँदा तत्काल बाघ मार्ने आदेश दिन उनले माग गरेका छन् ।

उल्लेखित घटनाहरुले ती क्षेत्रहरुमा मानविय जीवन अतेन्तै जोखिमपूर्ण हुन पुगेको, स्थानीयमा त्रास सृजना हुनुका साथै असुरक्षित अवस्थामा धकलेको अध्यक्ष खत्री केसीले बताएका छन् ।


साथै उनले नागरिकको जीवन रक्षा गर्ने संवैधानिक दायित्व राज्यको भएपनि गम्भीर प्रश्न गरेको हुँदा बस्तिमा पसेर मानवियका साथै तथा स्थानीयका पशुचौपायासमेत क्षति गर्दै आएको बाघको पहिचान गर्न मार्न पाउनु पर्ने आदेश माग गरेका छन् ।

समस्या ग्रस्त बाघलाई तत्काल मार्ने आदेश नभए थप मानविय क्षति हुने प्रबल संभावना रहेको भन्दै उनले बाघ मार्न अनुमति खोजेका छन् ।

प्रकाशित मिति : २०८२ पुष ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *