दाङ, पुस २९ । रोल्पामा भीरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ ।
जिल्लाको रुन्टीगढी गाउँपालिका – ८ बलडाँडाकी ३२ बर्षीया डिलकुमारी पुनको घर नजिकै बाख्रा चराउन गएको समयमा भीरबाट लडेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार पुन सोमबार बिहान ११ बजेतिर बाख्रा चराउन गएको समयमा भीरबाट लडेकी थिइन । मंगलबार बिहान ११ बजेतिर मात्रै स्थानीयले अस्थायी प्रहरी पोष्ट कुर्जामा बाख्रा चराउन गएकी पुन बेपत्ता भएको बारे खबर गरेका थिए ।
त्यसपछि प्रहरी र स्थानीयले खोजी गर्ने क्रममा घर नजिकैको बल्दजुरे सामुदायिक वनमा भीरबाट अन्दाजी १०० मिटर मुनी लडेर मृत्यु भएको अवस्थामा पुनको शब भीरको बीच भागमा अड्केको फेला परेको प्रहरी निरीक्ष थापा नेपालीले बताए ।
घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरी निरीक्षक थापा नेपालीले जानकारी दिए ।
प्रकाशित मिति : २०८२ पुष २९ गते मङ्गलवार