२०८२ माघ २३ गते शुक्रवार

टिकटकमा बन्दुकको भिडियो पर्दशन गरेपछि …

दाङ, पुस २९ । आफ्नो सामाजिक संजाल टिकटकमा बन्दुकसहितको भिडियो पर्दशन गर्ने एक जना प्रहरी फन्दामा परेका छन् । यो घटना कपिलबस्तुको हो ।


कपिलबस्तु प्रहरीले टिकटकमा बन्दुकसहितको भिडियो पोष्ट गरि पर्दशन गरे पछि जिल्लाको कृष्णनगर नगरपालिका – १२ नरैनापुरका ४२ बर्षीय बिनोद ओझा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी रिपेन्द्रकुमार सिंहका अनुसार ओझा कृष्णनगर न्यूज टुडे (अनलाइन न्यूज) का संचालक हुन ।


ओझाले केही दिन पहिले आफ्नो टिकटकमा बन्दुकसहितको भिडियो राखेका थिए । त्यसपछि प्रहरी उनको घर पच्छ्याउँदै घर खान तलासी गर्ने पुगेको थियो ।


त्यस क्रममा अबैध रुपमा राखिएको एक नाले भरुवा बन्दुक फेला परेको डिएसपी सिंहले बताए । जिल्ला अदालत कपिलबस्तुले सात दिन थुनामा राखेर हातहतियार तथा खरखजना सम्बन्धि मुद्दा चलाउने गरि अनुसन्धान भइ रहेको डिएसपी सिंहले बताए ।


प्रहरीले पुस २६ गते ओझालाई पक्राउ गरिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ पुष २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *