२०८२ माघ २३ गते शुक्रवार

सल्यानमा फेरि बाघको आक्रमण बाट एक जनाको मृत्यु

दाङ, पुस २९ । सल्यानको कालीमाटी क्षेत्रमा फेरि बाघको आक्रमण बाट एक जनाको मृत्यु भएको छ । यो बाँके राष्ट्रिय निकुञ्जको सीमाबर्ती क्षेत्र हो ।

पुस २५ गते पनि स्थानीय एक जना महिलाको बाघको आक्रमण बाट मृत्यु भएको थियो ।

मंगलबार बिहान सवा ११ बजेरित मात्रै जिल्लाको कालिमाटी गाउँपालिका – ६ हात्तीढुंगाका ६५ बर्षीय चन्द्रबहादुर खप्पतडीको शब मंगलबार बिहान सवा ११ फेला परेको छ ।


घरदेखि अन्दाजी २ किलोमटिर उत्तर पूर्बको शान्ति सामुदायिक वनमा दाँया खुट्टाको भाग घुडा सम्म खाएको अवस्थामा शब फेला परेको हो ।

प्रहरी चौकी घुँइयाबारीमा खोजीका लागि घर परिवगारले खबर गरेपछि प्रहरी सहायक निरीक्षक लालबहादुर थापाको कमाण्डमा तीन जनाको प्रहरी टोली र बाँके राष्ट्रिय निकुन्ज सुरक्षा पोष्ट घुँइयाबारीबाट जमदार यज्ञबहादुर कुमालको कमान्डमा सात जना नेपाली सेनाको टोली र स्थानियवासी खोजी कार्यमा जाँदा शब फेला परेको हो ।

प्रहरीका अनुसार सोमबार दिउँसो १२ बजेतिर खप्ततडी घरदेखि करिब तीन सय मिटर टाढा रहेको घट्टमा पिठो पिसाउनका लागि भनेर गएका थिए । तर, उनी फर्किएकार आएका थिएनन् ।

घर परिवारले उनी बाघको आक्रमणमा परेको आशंकासहित राति पौनै १० बजेतिर मात्रै प्रहरीमा खवर गरेका थिए । खोजी गर्ने क्रममा बाघले खाएको अवस्थामा बिहान शब फेला परेको हो ।


सल्यानकै कालिमाटी गाउँपालिका–७ पर्सेनीकी ४२ वर्षीया धनसरी रावतको पुस २५ गते घर नजिकैको जंगलमा घाँस काट्न गएका बेला बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०८२ पुष २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *