दाङ, पुस २७ । गायक तथा नायक प्रशान्त तामाङको निधन भएको छ।
दिल्लीस्थित आफ्नै निवासमा आइतबार बिहान उनी मृत अवस्थामा फेला परेका थिए । उनलाई कार्डियाक अरेस्ट भएको बताइएको छ।
‘इन्डियन आइडल’ विजेता प्रशान्तले थुप्रै नेपाली गीत गाएका छन । उनले आधा दर्जन बढी फिल्ममा समेत अभिनय गरेका छन् ।
प्रकाशित मिति : २०८२ पुष २७ गते आइतवार
