अमृत काजी शर्मा, तुलसीपुर , २६ । तुलसीपुरर नेपाल लेखापढी कानुन ब्यवसायीको छाता संगठन नेपाल लेखापढी कानुन ब्यवसायी एशोसियसन इकाइ समिति तुलसीपुरको ११ औं बर्षिक साधारण सभा शुक्रवार तुलसीपुरमा भयो ।
इकाइ समिति तुलसीपुरका अध्यक्ष बिनोद न्यौपानेको अध्यक्षता र मालपोत कार्यालय तुलसीपुरका कार्यालय प्रमुख खिमबहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा सहभागी लेखापढी कानुन ब्यवसायीले आफ्नो पेशा संगटमा पार्न खोजिएको गुनासो गरे । मालपोत लगाएतका कार्यालयमा अनलाइन प्रणाली लागु गर्दा आफुहरु बिस्थापित हुने अबस्था आएको उनीहरुको गुनासो थियो ।
उनीहरुले आँफहरु नागरिकलाई सहज र छिटो सेवा दिलाउनका लागि लागि रहेको भन्दै नकारात्मक भावनाले नहेर्न आग्रह गरेका थिए ।
लेखापढी ब्यवसायीको हित र ब्यवसायिक सुरक्षाका लागि सिसी टिभी, सफ्ट वयर सिष्टम जडान लगाएतका प्राबिधिक कुराहरु आँफुहरुले पनि अनुसरण गर्न थालेको उनीहरुले बताएका थिए ।
नेपाल लेखापढी कानुन ब्यवसायी कानुन ब्यवसायी एशोसियसन इकाइ समिति घोराहीका अध्यक्ष .धुर्व लम्साल, नेपाल लेखापढी कानुन ब्यवसायी कानुन ब्यवसायी एशोसियसन जिल्ला समन्वय समितिका उपाध्यक्ष शुसिल आचार्य, नेपाल लेखापढी कानुन ब्यवसायी कानुन ब्यवसायी एशोसियसन लुम्बिनी प्रदेश लेखा समिति संयोजक हरीलाल पौडेल, नेपाल लेखापढी कानुन ब्यवसायी कानुन ब्यवसायी एशोसियसनका केन्द्रीय सदस्य चुर्णबहादुर वली लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नु गरेका थिए ।
कार्यक्रममा नापी कार्यालय र मालपोत कार्यलयमा ब्यवहारिका सीप तथा क्षमता अभबृद्धिका लागि एक हप्ताका लागि आएका हिमाल एकाडेमी तुलसीपुरका कानुन संकायका १० जना बिद्यार्थीलाई प्रमाण पत्रका साथ सम्मान गरिएको थियो ।
सोही अवसरमा लामो समयदेखि लेखापढी ब्यवसाय गर्दै आउनु भएका लेखापढी कानुन ब्यवसायी प्रकाश शर्मालाई प्रमाण पत्र असम्मान गरिएको थियो ।
साधारण सभाको बन्द सत्रमा सचिव तिलकराम शर्माले संगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा आर्थिक प्रतिवेदन इकाइका कोषाध्यक्ष भिमबहादुर खत्रीले प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव तिलकराम शर्माले गरेका थिए ।
