दाङ, पुस २५ । जाजरकोटमा शुक्रबार भएको जीप दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । चालकसहित चार जना घाइते छन् ।
दुर्घटनामा परि छेडागाड नगरापलिका – ९ का २८ बर्षीय राजु अधिकारी र ७० बर्षीया नन्दकला अधिकारीको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परि छेडागाड – ९ का चालक २४ बर्षीय कृष्ण अधिकारी, छेडगाड – ८ की २० बर्षीया लक्ष्मी खत्री, छेडागाड – ९ का ३९ बर्षीय बिरबहादुर अधिकारी र दैलेखको नौमुले गाउँपालिका – ६ की २३ बर्षीया सितला रावत घाइते छन् ।
घाइते चारै जनाको अवस्था मध्य रहेको
जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुधिरकुमार खड्काले जानकारी दिए ।
नगर अस्पताल बडाबनमा घाइतेलाई उपचार भइ रहेको छ । जीपमा चालकसहित ६ जना सवार थिए ।
छेडागाड नगरपालिका – ८ बाहार्नाखोला स्थित भित्री सडक खण्डमा छेडागाड – ९ पजारु बाट थलह तर्फ आउँदै गरेको क.प्र. ०२–००१ च १३२७ नम्बरको डबल क्याब बोलेरो जीप ब्रेक फेल भइ बिहान ११ बजेतिर सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।
घटनास्थल इलाका प्रहरी कार्यालय वडाबन बाट ५ किलोमिटर ददिक्षण पश्चिम पर्छ ।