घोराही, पुस २३ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशको दाङ घोराहीस्थित कार्यालयबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।
माघ ११ गते हुने निर्वाचनका लागि राजमोबाट प्यूठानका बोमबहादुर खत्री र पदमा पण्डितले उम्मेदवारी दर्ता गराइ सकेका छन् ।
प्यूठानको मल्लरानी गाउँपालिका–२ का खत्रीले अन्य तर्फ बाट र प्यूठान नगरपालिका–८ की पदमा पण्डितले महिला कोटामा उम्मेदवारी दर्ता गराएका हुन ।
उम्मेदवार खत्रीको प्रस्तावकमा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्का र समर्थकमा ऐरावती गाउँपालिका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ बसेका छन् ।
त्यस्तै महिला उम्मेदवार पण्डितको प्रस्तावकमा भूमिकास्थान नगरपालिका प्रमुख झबिलाल थापा र समर्थकमा स्वर्गद्धारी नगरपालिका उपप्रमुख मिनराज राना मगर बसेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।
