२०८३ असार २८ गते आइतवार

नयाँ अटो बिद्युत पोलमा ठोक्किदा चालकको मृत्यु

दाङ, पुस २२ । नयाँ अटो अनियन्त्रित भइ सडक किरानको बिद्युत पोलमा ठोक्किदा चालकको मृत्यु भएको छ ।

यो घटना रोल्पाको हो । मंगलबार दिउँसो पौने ३ बजे

जिल्लाको लुङ्ग्री गाउँपालिका – ४ धुले ओडार सिर्पबाट सुलिचौर तर्फ जाँदै गरेको अनटेष्ट अटो अनियन्त्रित भइ सडक किनारको बिद्युत पोलतमा ठोक्किएर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परि लुङ्ग्री गाउँपालिका – १ का २५ बर्षीय अटो चालक जोगमान बस्नेत गम्भीर घाइते भएका थिए ।

गम्भीर अवस्थाका चालक बस्नेतलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर उपचारका लागि पुर्‍याइएको थियो । त्यहाँ उपचार संभव नभएपछि थप उपचारका लागि सवा ३ बजेतिर लुम्बिनी प्रदेश अस्पताल बुटलका लागि रिफर गरिएको थियो ।
बाटोमै उनको मृत्यु भएको ठानेर तत्कालै आफन्तले फर्काएर दिउँसो साढे ४ बजेतिर पुन ः सुलिचौर पुर्‍याएका थिए ।
त्यहाँका चिकित्सकले बस्नेतलाई चेकजाँच गरि मृत घोषणा गरेका थिए ।

रोल्पाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुनिल थापाका अनुसार अटोमा बस्नेत एक्लै सवार थिए ।

प्रकाशित मिति : २०८२ पुष २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *