२०८३ असार २८ गते आइतवार

बाँके प्रहरीले भन्यो – बालिका बलात्कारको घटना र ब्यक्तिमाथि मरनासन्न हुने गरि भएको कुटपिट बारे मनपरी नबोल्नु

दाङ, पुस २२ । बाँके प्रहरीले एक जना नाबालिक माथि भएको बलात्कार र कुटपिट बाट गम्भीर घाइते भइ उपचाररत युवकका बारेमा अर्नगल प्रचार नगर्न आग्रह गरेको छ ।


डुडुडा गाउँपालिका –४ मा पुुुस १७ गते बिहान करिब २ बजेतिर स्थानीय सद्दाम खाँ माथि मरनासन्न हुने गरि कुटपिट भएको थियो ।


सोही ठाउँमा एक नाबालिक माथि बलात्कार भएको घटना बारेपनि अनुसन्धान भइ रहेको हुँदा मनपरी धारणा नबनाउन प्रहरीले सार्वजनिक रुपमा अपिल गरेको छ ।

बाँकेका प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले त्यस्तो अपिल गरेका हुन । स्थानीयको कुटिपट बाट गम्भीर घाइते भएका खाँलाई उद्धार गरि प्रहरीले नेपालगंजस्थित न्यूरो हस्पिटल पुर्‍याएको थियो । हाल छिमेकी देश भारको लखनउमा उनको उपचार भइ रहेको छ । बालिका बलात्कार घटनालाई गम्भीरताका साथ अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

दुवै घटना गम्भीर प्रकृतिका फौजदारी कसुरका बिषमा स्थानीयले मनपरी कुराहरु सामाजिक संजालमा सार्वजनिक गरि रहेका छन् । घटनाको संबेदनशिलतामा उच्च सजगता अपनाउँदै पीडितको पक्षमा मनपरी धारणमा नबनाउन तथा कुराहरु सार्वजनिक नगर्न प्रहरीले सार्वजनिक अपिल नै जारी गरेको छ ।

घटनामा संलग्न दोषीहरुको पहिचान तथा खोजी कार्य प्रहरीले गरि रहेको हुँदा सम्मेमता अपनाउन तथा घटनालाई राजनीतिक, जातिय तथा धार्मिक रंङ दिने प्रयास नगर्न प्रहरीले आग्रह गरेको हो ।

सामाजिक सञ्जाल र केही सञ्चार माध्यममार्फत विशुद्ध आपराधिक घटनालाई राजनीतिक, धार्मिक वा साम्प्रदायिक भावनासँग जोडेर अतिरञ्जित प्रचार–प्रसार भइरहेको प्रति प्रहरीले सचेत तुल्याएको छ ।

घटना अनुसन्धाकै क्रममा रहेको हुँदा दोषीको पहिचान पछि तथ्य र प्रमाणका आधारमा कानूनी दायरामा ल्याइने तथा पीडितलाई न्याय दिलाउन प्रहरी प्रतिबद्ध रहेकोपनि विश्वास दिलाइएको छ ।

साथै प्रहरीले बालिका बलात्कार र खाँमाथि मरनासन्न हुने गरि भएको कुटपिटको घटना अनुसन्धानमा सहयोग पुग्ने गरि सूचना दिनपनि स्थानीयलाई आग्रह गरेको छ ।


निष्पक्ष अनुसन्धान प्रभावित तुल्याउन खोज्ने, सामाजिक सद्भावमा खलल पुर्‍याउन खोज्ने तथा कानुन विपरितका कार्य गर्नेलाई जो कोही भएपनि कानुनु बमोजिक कारबाही हुने प्रहरीले चेतावनी दिएको छ ।

प्रकाशित मिति : २०८२ पुष २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *