२०८३ साउन २४ गते आइतवार

उपकुलपति नेपाल माथि दुब्र्यबहार घटना – तुलसीपुरका परियार पक्राउ

तुलसीपुर, पुस २२। दाङ तुलसीपुरको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपाल लगाएतमाथि कुटपिट तथा दुब्र्यबहादर गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

उपकुलपति लगाएत माथि अनियमितताको आरोप लगाउँदै नेकपा (बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी) का विद्यार्थी संगठनले दुव्र्यवहार गरेका थिए । उनीहरुले घटना लगतै बिज्ञप्ति मार्फत घटनाको जिम्मा लिएका थिए ।

घटनामा संलग्न रहेका मध्य तुलसीपुर उपमहानगरपालिका – ६ सुन्दरनगर टोलका ३९ बर्षीय शेरबहादुर परियार पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले बताए । प्रहरीका अनुसार परियार पुस १८ गते घोराही उपमहानगरपालिका – १ सिमलताराबाट पक्राउ परेका थिए ।

सात दिन थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालत बाट अनुमति प्राप्त भएको प्रहरीले जानकारी दिएको छ । परियार बिरुद्ध अपमानजनक, अमानबिय ब्यबहार शिर्षकमा मुद्दा चलाउने गरि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।


तुलसीपुर – १८ स्थित नेसंवि परिशरको उपकुलपतिको निवाशमा प्रबेश गरि पुस ६ गते बिहान साढे ८ बजेतिर अनियमितता गरेको आरोपमा दुब्र्यबहार भएको थियो ।

प्रकाशित मिति : २०८२ पुष २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *