२०८३ साउन २४ गते आइतवार

तुलसीपुरका १९ बर्षे निरज हत्या घटना – महाबीर चौधरी र बुद्धिप्रशाद थारु पूर्पक्षका लागि कारागार चलान

दाङ, पुस २१ । बर्दियाको राजापुरमा तुलसीपुर उपमहानगरपालिका – १२ का १९ बर्षीय निरज चौधरीको गोली हानेर हत्या गरेको घटनाका आरोपित मध्य द्ुई जना पूर्पक्षका लागि ठुनामा पठाइएका छन् । थप तीन जना तारेखमा छरौटी बुझाएर छुटेका छन् ।


बर्दिया जिल्ला अदालतका न्यायाधीश डुल्लुराम चौधरीको इजलासले आइतबार निरज हत्या काण्डमा मुख्य अभियुक्त दाङको तुलसीपुर उपमहानगरपालिका – ६ का ५० बर्षीय महाबीर चौधरी र बर्दियाको राजापुर नगरपालिका – ४ का ५० बर्षीय बुद्धिप्रशाद थारुलाई पूर्पपक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।


बुद्धिकी श्रीमति ४४ बर्षीया रामकुमारी थारु र उनीहरुका २२ बर्षीय छोरा राहुल थारु जनही डेढ / डेढ लाख धरौटी बुझाएर छोड्न अदालतले आदेश दिएको थियो ।

अर्का प्रतिबादी कैलालीको कैलारी गाउँपालिका – ५ का ५० बर्षीय गणेश चौधरीलाई पनि अदालतले एक लाख धरौटीमा छोड्न आदेश दिएको अदालतका तहसिलदार बिष्णुचन्द्र नेपालीले बताए । तीन जना आइतबार नै अदालतले तोकेको धरौटी बुझाएर रिहा भएका थिए ।

मंसिर २१ गते बिहान साढे ८ बजेतिर दाङ तुलसीपुर उपमहानगरपालिका – १२ का १९ बर्षीय निरज चौधरीको बर्दियाको राजापुर नगरपालिका – ४ स्थित ‘हमार थारु घर थारु रेष्टुँरेण्ट’ भित्र घाँटीमा गोली हानेर हत्या भएको थियो । निरजमाथि गोली महाबीरले हानेको तथ्य खुलेको प्रहरी अनुसन्धा बाट खुलेको छ ।


महाबीरको उक्त रेष्टुरेन्टमा ७० प्रतिसत र बुद्धिप्रशादको परिवारको ३० प्रतिसत लगानी गरेका साझेदार हुन ।
एक लाख धरौटी बुझाएर तारेखमा छुटेका अन्दाजी ५० बर्षीय गणेश चौधरी कैराली – ५ का बासिन्दा हुन । उनको घर नजिकै खेतमा निरजको हत्यामा प्रयोग भएको पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।
हतियार लुकाउन तथा महाबीरलाई जोगाउने भूमिका उनको पनि संलग्नता भएको भन्दै प्रहरीले प्रतिबादी बनाएको थियो ।

निरज गत असोजमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको बर्दियाको राजापुरस्थित आफ्नै जग्गामा रहेको कृषी फर्ममा काम गर्न भनेर लगिएका ब्यक्ति हुन । कृषी फर्मसंगै सटेको रेष्टुरेन्ट भाइ महाबीरको मुख्य लगानीमा खुलेको थियो ।

त्यो रेष्टुरेण्ट कात्तिक ३० गते मात्रै उद्घाटन भएको थियो । रेष्टुरेण्ट खुलेको महिना दिन नबित्दै त्यस भित्र निरजको गोली हानी हत्या भएको थियो । नाताले नाति पर्ने निरज माथि गोली प्रहार भएको घटनामा प्रहरीले अनुसन्धान पुरा गरि मिसिल सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

त्यसमा के कुरा उल्लेख छ भन्ने बारे प्रहरीले स्पष्ट बताएको छैन । तर, यसअघि प्रहरीले भने झैं हत्या गरिएका निरजलाई अमेरिका पठाइदिने आश्वासन दिएर महाबीरले उनीबाट पैंशा लगेको भन्ने कुरा नदेखिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए ।

गोली प्रहार बाट निरज अचेत बनेपछि ४४ बर्षीया रामकुमारी थारु र उनका छोरा २२ बर्षीय राहुल थारुले एम्बुलेन्स मार्फत उपचारका लागि अस्पताल पुर्‍याएका थिए । उनीहरले बर्दिया जिल्ला अस्पताल छँदा छँदै निरजलाई टाढाको बाँकेको नेपालगंजस्थित ‘सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि’मा पुर्‍याएका थिए ।

जहाँ पुर्‍याउनासाथ चिकित्सकले निरजलाई मृत घोषणा गरेका थिए । बाँके प्रहरीले जिल्ला प्रहरी कार्यालयलाई निरजको हत्या गोली प्रहार बाट भएको सूचना बर्दिया प्रहरीलाई दिएको थियो ।
त्यही भएर मंसिर २१ गते बिहान साढे ८ बजेतिरको घटना मध्यान्ह १२ बजेतिर मात्रै घटना बारे थाहाँ पाएको थियो ।


यो घटनामा प्रहरीलाई खबर नै नगरी, घटनालाई गुपचुप राखेर निरजलाई नेपालगंज पुर्‍याएको आमा रामकुमारी र छोरा राहुल प्रतिबादी बनाइएका हुन । राहुलले निरज हत्या घटनाका मुख्य आरोपी महाबीरलाई आफ्नो नाममा रहेको सु.प.प.०१–००९ प ४९१३ नम्बरको मोटरसाइकल र सो मोटरसाइकलको काजजात उपलब्ध गराइ घटनास्थल बाट भगाउन सहयोग गरेको अभियोग लागेको हो ।


रामकुमारीका श्रीमान बुद्धिप्रशाद भने रेष्टुरेण्टमा भित्र घटनास्थलमा रगत खसेको ठाउँमा प्रमाण मेटाउनका लागि खरानी हाल्ने र पानीले पखाल्ने काम गरेको तथा घटना गुपचुप राख्न सहयोगी भूमिका खलेको भन्दै प्रहरीले प्रतिबादी बनाएको थियो ।


प्रहरीले तीन आमा छोरालाई मंसिर २१ गते साँझ नियन्त्रणमा लिएको थियो । महाबीर भने मंसिर २५ गते कैलाली जिल्लाको कैराली गाउँपालिका – २ मझरा गाउँबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति : २०८२ पुष २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *