लक्ष्मण बस्नेत, दंगीशरण, पुस २१ ।दंगीशरण गाउपालिकामा अन्तर बिधालय स्तरिय ८औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ सोमबारदेखि भानु माबि प्रसडुवामा सुरु भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने सन्देशका साथ साथ सुरु भएको प्रतियोगिताको एक समारोहका बिच लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री माननीय डिल्लीबहादुर चौधरीले उद्घाटन गरेका हुन ।
उद्घाटन पछि सम्बोधन गर्दै नेपाली काँग्रेस लुम्बिनीका संसदीय दलका नेता चौधरीले सिंगो खेल क्षेत्रको बिकासका लागि आफू सदैव प्रतिबद्ध रहेको बताए ।
‘खेलमा उपाधि हासिल गर्नु खेलाडिको सपना हो,’ उनले भने ‘ रनिङ शिल्ड त्यसको आधार हो ।’ खेलकुदको बिकासको मुख्य आधार खेल पूर्वाधारको बिकास र खेलाडिको संरक्षणमा आफू लागि पर्ने उनले प्रतिबद्धता जोहर गरे ।
त्यस्तै उनले दंगीशरणलाई खेलको माध्यमबाट चिनाउन आफुले प्रदेश सरकारबाट भरपुर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
दंगीशरण गाउँपालिकाको आयोजना तथा भानु माध्यामिक बिधालय दंगीशरण – ६ प्रसडुवाको ब्यबस्थापनमा संचालित प्रतियोगिताको उद्घाटन समारोह दंगिशरणको सामाजिक विकास समितिका सयोजक तथा वडा नं. ६ का अध्यक्ष रोशनजंग शाहको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु गिरी र गाउँपालिका उपाध्यक्ष पिमा वली खड्का बिशिष्ट आतिथिका साथै शिक्षा शाखा प्रमुख बिनोद अधिकारी, खेलकुद बिकास समिति दाङका कार्यालय प्रमुख राकेश परियार, गाउँपालिकाका प्रबक्ता रमेश भण्डारी, बिद्यालयका अक्षकोष दाता बामदेव शर्मा , बीरेन्द्र नमुना माध्यमिक बिधालय हेकुलीका प्रधानाध्यापक लक्ष्मण बस्नेत, शिक्षक महासंघ दंगीशरणका अध्यक्ष खेमराज बुढाथोकी, शिद्धपृथ्वी जनता मावि ब्यबस्थापन समितिका अध्यक्ष दीपक देवकोटा लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
बिधालयका शिक्षक कैलाश अधिकारीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण बिधालयका प्रधानाध्यापक महेन्द्र केसीले गरेका थिए ।
पहिलो दिन कस्ले कुन उपाधि जिते
तीन दिनसम्म चल्ने प्रतियोगितामा गाउँपालिकाका सस्थागत तथा सामुदायिक बिधालय गरी दश वटाको सहभागिता रहेको छ । उद्घाटन समारोहमा भएको मार्चपासमा भानु मावि प्रसडुवा प्रथम, ज्ञानोदय बोर्डिङ स्कुल सरुवा डाँडा द्वितिय र श्रीगाउ लाइफ भिजन बोर्डिङ स्कुल सिम्ठाना तृतिय भएका थिए ।
प्रतियोगिताको पहिलो दिन एथलेटिक्स १०० मिटर र १५०० मिटर छात्र / छात्राका स्पाधार्धहरु पुरा भए । दश मिटर छात्रमा श्रीगाउ लाइफ भिजनका सुनिल वली प्रथम, ज्ञानोदय बोर्डिङ स्कुलका समिर नेपाली द्वितिय, शिद्ध पृथ्वी माबिका प्रदिप बिक तृतिय भए ।
त्यस्तै छात्रामा शिद्धपृथ्वी माबी श्रीगाउका रोषणी सुनार प्रथम, श्रीगाँउ लाइफ भिजनका बिन्दु चौधरी द्वितिय, जनता माबि बुटुनियाका एलिसा बस्नेत तृतिय भए ।
।त्यसैगरी १५०० मिटर छात्रमा सिद्ध पृथ्वी श्रीगाउका सोमराज कुसारी प्रथम,ज्ञानोदय बोर्डिङ स्कुल सरुवाडाडाका सौरभ बौडेल द्वितिय,भानु माबी प्रसडुवाका केशव परियार तृतिय भए ।
छात्रा तर्फ ज्ञानोदय बोर्डिङ स्कुलका आयुष्मा वली प्रथम, बीरेन्द्र माबिका दीपा खड्का द्वितिय र जनता माबि बुटुनियाका मनिषा बुढाथोकी तृतिय भए ।
भलिबल र कवड्डी तर्फका प्रिक्वाटर फाईनल तर्फ खेल भएका छन । प्रतियोगिता अन्तरगत मंगलबार बिहान ८ बजेदेखि कवड्डी, भलिबल तर्फका खेल हुनेछ्न भने एथलेटिक्सका खेलहरु बिहान ११ बजेदेखि सुरु हुने छन् ।