२०८३ साउन २६ गते मङ्गलवार

तुलसीपुरमा १७ बर्षीया गर्भबति श्रीमतिको कुटपिट गरि हत्या आरोपमा श्रीमान पक्राउ

तुलसीपुर , पुस २१ । तुलसीपुरमा १७ बर्षीया गर्भबति श्रीमति माथि कुटपिट गरि हत्या गरेको अभियोगमा उनका २१ बर्षीय श्रीमान पक्राउ परेका छन् ।

जिल्लाको शान्तिनगर गाउँपालिका – २ केराघारीका २१ बर्षीय सुमन आले मगरले १७ बर्षीया आफ्नी श्रीमति खिमी परियारलाई कुटपिट गरि गम्भीर घाइते तुल्याएका थिए ।

तुलसीपुर उपमहानगरपालिका –५ न्युरोडस्थित ‘रुकुमेली गेष्ठ हाउस’ सामान्ने बिबादका क्रममा सुमनले श्रीमति खिमीलाई पुस १२ गते बिहान ९ बजेतिर कुटपिट गरेका थिए । पेशाले गाडीका सहचालक सुमनको सजिलोको लागि श्रीमति खिमीपनि बोलाउँदा तुलसीपुरमै होटेलमा बस्ने गर्थे ।

त्यही क्रममा पुस १२ गते सामान्ने बिबादका क्रममा चार महिनाकी गर्भबति खिमी माथि सुमनले कुटपिट गर्नुका साथै धकेल्दा खाट बाट पेटमा चोट लाग्न पुग्छ ।

घाइते खिमीलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याइन्छ । पेटमा इन्फेक्सन भइ सकेको हुँदा त्यहाँ बाट थप उपचारका लागि पुस १३ गते बेलुकी ४ बजे बाँके नेपालगंजको ‘केयर सिटी हस्पिटल’मा पुर्‍याइन्छ । खिमीको सोही हस्पिटलमा उपचारका क्रममा पुस १८ गते ११ बजेतिर मृत्यु हुन्छ ।

मृत्यु पछि सुमन र उनको घर परिवारले अन्तेष्टिका लागि खिमीको शव घरमा ल्याउँदै गरेको सूचना एक जना स्थानीयले अस्थायी प्रहरी पोपट बालापुरमा दिन्छन् ।

त्यो सूचना पाउना साथ इलाका प्रहरी कार्यालय तुलसीपुर बाट प्रमुख डिएसपी होमबहादुर पराजुली आँफै खटिन्टन् । प्रहरीले शब उठाएर पोष्टमार्टमका लागि अस्पताल पुर्‍याउँछ ।

प्रहरीले मृतक खिमीका श्रीमान सुमनलाई सोही दिन राति पौने ११ बजेतिर तुलसीपुर –०५ न्युरोडस्थित ‘शिशिर गेष्ट हाउस’मा लुकिछिपि बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिन्छ ।

मृतक खिमी परियारकी आमा राम माया दमाइले पुस १९ गते ज्वाँँइ सुमन आले मगरका बिरुद्ध इप्रका तुलसीपुरमा कतब्र्य गरि छोरीको हत्या गरेको भन्दै किटानी जाहेरी दिएकी छिन ।


जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार सुमनलाई सात दिन थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालतले आइतबार अनुमति प्रदान गरेको छ ।
घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ पुष २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *