तुलसीपुर , पुस २० । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले आफ्ना ब्यबसायिक सटरहरु खाली गर्न दोस्रो पटक सार्वजनिक सूचना जारी गरेको छ ।
अस्पताल परिशरका १ देखि १६ नम्बरसम्मका सटरहरु खाली गर्न यसअघि गत असार २३ गतेपनि अस्पताल प्रशासनले सार्वजनिक सूचना जारी गरेको थियो । तर, ब्यबसायीले अटेर गरेपछि पुन ः अस्पताल प्रशासनले आइतबार दोस्रो पटक सार्वजनिक सूचना जारी गर्दैै १५ दिन भित्र सटर खाली गरिदिन ताकेता गर्नु परेको हो ।
अस्पताल प्रशासनका अनुसार हाल १६ वटा सटरको मासिक भाडा दुई लाख १८ हजार अस्पतालले पाउँदै आएको छ ।
तर, ती ब्यबसायी संगको संझौता असार अगाडि नै सकिएको हुँदा अस्पताल बिकास समितिको जेठ २९ गतेको बैठकले पुनः सटरहरु टेन्टडर मार्फत भाडामा लगाउने निर्णय गरेको थियो ।
अस्पताल प्रशासनले भनेको कुरा ब्यबसायीले अटेर गरेको हुँदा पुनः अस्पताल प्रशासनले दोस्रो पटक सार्वजनिक सूचना जारी गर्नु परेको हो ।
पुनः टेन्डर आह्वान भएको खण्डमा अस्पतालले ती सटरहरु बाट हाल पाउँदै आएको भन्दा बढी भाडा पाउन सक्ने संभावना रहन्छ ।

