२०८३ असार ३२ गते बिहिवार

जीप दुर्घटना – २ बिद्यार्थीको मृत्यु, ९ जना घाइते

दाङ, पुस २० । रोल्पामा भएको जीप दुर्घटनामा परि दुई बिद्यार्थीको मृत्यु भएको छ । नौं जना बिद्यार्थी घाइते भएका छन् ।


दुर्घटनामा परि सुनछहरी गाउँपालिका – ४ स्युरीका १२ बर्षीया दीपा पुन र १२ वर्षकै सुनिल बिकको मृत्यु भएको रोल्पाका प्रहरी प्रबक्ताख प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए ।

मृतक दुबै जना राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी हुन । उनीहरु राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिामा खेलेर घर फर्किदै गर्दा दुर्घटनामा परेका थिए ।

सुनछहरी गाउँपालिका – १ गाम खोलाको सेरमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी बोकेर वडा नं. ४ स्युरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जीप गएराति १० बजेतिर अनियन्त्रित भई दुर्घटना भएकोथियो । गम्भीर घाइते मध्यका दुई जनालाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा पुर्‍याउँदा चिकित्सकले राति साढे १२ बजे मृत घोषणा गरेका थिए ।

दुर्घटनामा परि थप नौ जना विद्यार्थी घाइते भएका छन् ।
जस्मा सुनछहरी –४ सिउरी का १५ बर्षीय हिमाल बिक,
१२ बर्षीया अमृता पुन, १४ बर्षीया जमुना बिक , २४ बर्षीया अस्मिता बिक, १६ बर्षीया पबित्रा पुन, १७ बर्षीय शनि बिक, १२ बर्षीया बिपना घर्ती मगर, १५ बर्षीय किसन घर्ती मगर र १५ बर्षीया हस्तिरा बिक रहेको प्रहरी निरीक्षक थापा नेपालीले बताए ।


प्रहरीका अनुसार घाइते सबै नौं जनालाई रोल्पामा प्रारम्भीक चरणको उपचार पछि थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवलका लागि रिफर गरिएको छ ।
जीप बाटोमा पल्टिएको थियो ।

दुर्घटना बारे थप अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ पुष २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *