दाङ, पुस १८ । गुल्मीमा स्कुल बसको ठक्कर बाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
अर्का एक जना बालक घाइते छन् ।
जिल्लाको मालिका गाउँपालिका – ६ अर्जै राम्चेमा भएको दुर्घटनामा परि स्थानीय मोटरसाइकल चालक ३६ बर्षीय बशन्त अर्याल र पछाडि सवार ६० बर्षीया मनकला अर्यालको मृत्यु भएको छ ।
मोटससाइकलमा सवार ५ वर्षीय अनुभव गिरी र पैदल यात्री स्थानीय शिक्षिका लिला अर्याल घाइते भएका छन । उनीहरूको जिल्लामै अस्पताल भइ रहेको छ ।
शुक्रबार बिहान ८ बजेतिर वभोजका लागि विद्यार्थी लिएर राम्चेबाट पोखराबारी तर्फ जान हिडेको लु .प्र .०० ख ०३५५ नम्बरको बोर्डिङ स्कुलको बसले पोखराबारी बाट राम्चे तर्फ गरेको लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बोर्डिङ स्कूल बाट वनभोजका लाडि हिडे लगतै बसले मोटरसाइकललाई ठक्कर दिएको थियो ।
प्रकाशित मिति : २०८२ पुष १८ गते शुक्रवार
