दाङ, पुस १८ । रोल्पामा एक युवक गोली लागेको अवस्थामा फेला परेका छन् ।
जिल्लाको थवाङ गाउँपालिका – ३ मिरुल घर भइ परिवर्तन गाउँपालिका–५ त्रिवेणीमा पसल संचालन गर्दै आएका ३६ वर्षीय दिलकुमार डाँगी गोली लागेको अवस्थामा फेला परेका हुन ।
उनको उपचार जारी छ ।
जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुनिल थापाले वलीले आँफैले भरुवा बन्दुक बाट आँफै माथि गोली चलाएको तथ्य खुलेको बताए ।
प्रहरीका अनुसार दिलकुमारले आफ्नी श्रीमति जमुना वलीलाई बन्दुक देखाउँदै गोली हानेर मारिदिने धम्कि दिएका थिए । त्यसपछि उनी राति कोठा बाट भागेर प्रहरीलाई सुरक्षाको माग गरेकी थिइन ।
त्यसपछि अस्थायी प्रहरी पोष्ट पुल्लाचौर बाट प्रहरी राति साढे १२ बजेतिर घाइते दिलकुमार गोली लागेर घाइते अवस्थामा कोठा भित्र फेला परेका थिए ।
मध्य राति श्रीमतिसहित प्रहरी पुगेर ढोका खोलेर हेर्दा पसलको माथिल्लो तलाको सुत्ने कोठामा दाहिने कुमको भागमा गोली लागेको अवस्थामा वली फेला परेका थिए । सोही कोठामा एउटा भरुवा बन्दुकपनि फेला परेको प्रहरी निरीक्षक थापाले बताए ।
घाइते वलीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घटना बारे थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।