२०८३ असार २७ गते शनिवार

भैंसी चराउन गएकी महिलाको हात्तीको आक्रमणबाट मृत्यु

दाङ, पुस १७ । बर्दियामा जंगलमा भैंसी चराउन गएकी एक महिलाको हात्तीको आक्रमण बाट मृत्यु भएको छ ।

जिल्लाको राजापुर नगरपालिका–१ की ४० बर्षीया बालिका पुरीको हात्तीको आक्रमण बाट मृत्यु भएको बर्दियाका प्रहरी प्रबक्ता डिएसपी देवेन्द्रकुमार मल्लले बताए ।


पुरीको खोजीका क्रममा बिहीबार बिहान स्थानीय, वनका कर्मचारी र प्रहरीसहितको संयुक्त टोलीले शब फेला पारेको थियो ।


बुधबार दिउँसो नेपाल –भारत सीमा क्षेत्रको जंगलमा भैंसी चराउन गएको समयमा पुरीलाई जंगली हात्तीले आक्रमण गरेको थियो ।

अन्य तीन जनाले भागेर ज्यान जोगाउन सफल भएका थिए । पुरीको शब पोष्ट मार्टमको लागि शब जिल्ला अस्पताल लगिएको छ ।

प्रकाशित मिति : २०८२ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *