दाङ, पुस १६ । जंगलमा किशोर किशोरीको शब फेला परेको छ ।
यो घटना सुर्खेतको हो । बुधबार बिहान वीरेन्द्रनगर नगरपालिका – ४ भैरव सामुदायिक वनको एउटै रुखमा झुण्डिएको अवस्थामा किशोर किशोरीको शब फेला परेको हो ।
दाउरा काट्न गएका स्थानीय एउटै रुखमा झुण्डिएका महिला र पुरुष देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
दिउँसो मात्रै मृतकको पहिचान खुलेको थियो ।
सुर्खेतका प्रवक्ता प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार दैलेखको ठाटीकाँध गाउँपालिका–२ का १७ वर्षीय सुरेन्द्र थापा र चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ की १९ वर्षीया सुनिता भण्डारी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन ।
आपसमा प्रेम बसेपछि बिहे गर्ने भन्दै एक महिना पहिले उनीहरु भागेको खुल्न आएको प्रहरीले बताएको छ । दैलेखबाट भागेर उनीहरु सुर्खेतमा आइ बस्दै आएका थिए । प्रहरीका अनुसार सुरेन्द्र र सुनिता दुबैका घर परिवारलाई त्यो कुराको जानकारी थियो ।
दुबै पक्षका घर परिवारले उनीहरुलाई केही पनि नराम्रो भनेका थिएनन् । तर, पनि उनीहरुले किन गलत निर्णय लिए भन्ने बारेमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
पोष्टमार्टम रिपोर्ट पछि उनीहरुको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।
प्रदेश अस्पताल कालीगाउँमा पोष्ट मार्टमका लागि दुबै जनाको राखिएको छ ।
