२०८३ असार २८ गते आइतवार

नेपाली कम्युनिस्ट पार्टीले दाङ बाट प्रतिनिधिसभाका लागि क–कस्को नाम सिफारिस गरेको छ ?


तुलसीपुर, पुस १४ । आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीले दाङका तीन वटै निर्वाचन क्षेत्रका लागि प्रतिनिधि सभाका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।

फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य तर्फ (प्रत्यक्ष तर्फ) प्राथमिकता दिएर सिफारिस गरेका नामहरुमा खासै नयाँ अनुहारहरु समावेश छैनन् ।

नेकपाले क्षेत्र नम्बर १ बाट बिघठित प्रतिनिधिसभा सदस्य मेटमनी चौधरीको नाम एक नम्बरमा सिफारिस गरेको छ । चौधरी पूर्व मन्त्री र नेकपा (एकीकृत समाजबादी) का नेता हुन ।

त्यसपछि रोल्पाबाट प्रतिनिधित्व गर्ने र पूर्व नेकपा (माओबादी केन्द) बाट लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री भएका कुलप्रसाद केसीको नाम दुई नम्बरमा सिफारिस गरिएको छ ।

उनीमाथि रातारात बुटवल बाट राजधानी सुटुक्क दाङमा स्थान्तरण गरेको आरोप बुटवल बबासीले लगाएका थिए । लुम्बिनी प्रदेशको राजधानीको केन्द्र दाङको क्षेत्र नं. १ मा पर्छ ।


त्यसपछि क्रमिक रुपमा सुदनप्रशाद खनाल (युवा) , अमर कवर, दिलिपकुमार सोनी (नवयुवा), दिपा रोका मगर , लुमबहादुर कार्की र अन्तिममा नेकपा (माओबादी केन्द्र) बाट पूर्व मन्त्री भएका तथा लुम्बिनी प्रदेशका सदस्य तथा इन्द्रजीत थारुको नाम सिफारिस गरिएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नं. २ बाट पूर्व नेकपा (माओबादी केन्द्र) का नेता निर्मल आचार्यको नाम एक नम्बरमा सिफारिस गरिएको छ ।


आचार्य पछि पूर्व माओबादी केन्द्रकै हेमराज शर्मा पोख्रेल (डाइमण्ड) को नाम दोस्रो नम्बरमा सिफारिस गरिएको छ ।


त्यसपछि क्रमिक रुपमा कबिराम केसी (युवा), खिमबहादुर चौधरी, मिना बुढा र गिरबहादुर महरा (नवयुवा) को नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको छ ।

जिल्ला कार्यदल सदस्यहरु तथा पूर्व नेकपा (माओबादी केन्द्रका संयोजक हरिमान पुन र पूर्व नेकपा (एकीकृत समाजबादी)का जिल्ला संयोजक भुपबहादुर केसीका अनुसार दाङको निर्वाचन क्षेत्र नं. ३ मा पूर्व नेकपा (माओबादी केन्द्र) बाट लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री भइ सकेका र हाल प्रदेशसभा सदस्य रहेका धनबहादुर मास्कीको नाम एक नम्बरमा सिफारिस गरिएको छ ।

त्यसपछि मधुकर रिजाल, पुनम सेर्पाइली, नरेश रेग्मी ( युवा) , वाइसियका केन्द्रीय अध्यक्ष पुष्प ओली (युवा) , बिरेन्द्र बिक (युवा), बिप्लव ओली (नवयुवा), गोपाल ओली, हरिश गिरी (युवा) को नाम प्रतिनिधिसभा सदस्य पदका लागि सिफारिस गरिएको छ ।

पूर्व सभामुख कृष्णबहादुर महरालाई जिल्लाबाट सम्मानार्थ सिफारिस गरिएको नेपाली कम्युनिष्ट पार्टीले जानकारी दिएको छ ।

नेपाली कम्युनिष्ट पार्टीले जिल्ला बाट राष्ट्रिय सभा सदस्य पदका लागि १ जना बीरबहादुर खत्रीको मात्रै नाम सिफारिस गरेको छ । पूर्व नेकपा (एकीकृत समाजबादी) का उनी दाङको लमहीका बासिन्दा हुन ।

प्रकाशित मिति : २०८२ पुष १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *