२०८२ माघ २३ गते शुक्रवार

प्रहरी नायब निरीक्षक वलिको बिदाई


बिजौरी,पुस १३ । हेमन्तपुर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक भरत वलिलाई बिदाइ गरिएको छ ।

बिजौरी उद्योग बाणिज्य संघले आइतबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरि वलिलाई बिदाइ गरेको हो ।

प्रहरी नायब निरीक्षक वलिले हेमन्तपुर प्रहरी चौकीमा २० महिना इन्चार्जको रुपमा काम गरेका थिए । उनी इलाका प्रहरी कार्यालय तुलसीपुरमा सरुवा भएका छ्न ।

बिजौरी उद्योग बाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा संघका
पुर्ब अध्यक्ष कमाङशिङ खडका,नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखा सभापति बालकृष्ण रेग्मी ,समाजसेबी मस्त बहादुर थापा लगाएतले प्रहरी नायब निरीक्षक वलिले आफ्नो कार्यकालमा जनताको समस्यालाई नजिकबाट अध्ययन गर्दै यहाको शान्ति सुरक्षालाई ध्यानमा राखेर, लागू औसध,विभिन्न अपराधीक क्रियाकलापलाई नियन्त्रण गर्नका लागि निरन्तर क्रियाशील भूमिका निभाएको भन्दै धन्यवाद दिएका थिए ।

संघका उपाध्यक्ष डिल्ली खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रहरी नायब निरीक्षक वलिलाई मायाको चिनो प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा बिजौरी उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष मुकेश वलि ,निबर्तमान महासचिव बिदुर गौतम ,रेडक्रस सोसाइटी बिजौरी उपशाखाका कोषाध्यक्ष सागर रेग्मी लगाएतको उपस्थिति थियो ।

कार्यक्रमको सहजीकरण संघका महासचिव दीपक कुमार बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०८२ पुष १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *