२०८३ साउन २६ गते मङ्गलवार

नेपाली कम्यूनिष्ट पार्टीले सल्यान बाट सिफारिस गरेका उम्मेदवार यी हुन

दाङ पुस १२ । नेपाली कम्यूनिष्ट पार्टी सल्यानले उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी निर्वाचनका लागि नेकपाले उम्मेदवारको नाम सिफारिस गरेको हो ।


प्रतिनिधिसभा सदस्य खुल्ला तर्फ पूर्व मन्त्री टेकबहादुर बस्नेतको नाम एक नम्बरमा सिफारिस गरिएको छ ।

त्यसपछि युवा कलष्टर र दलित धनबहादुर परियार, खुल्ला तर्फ पूर्व मन्त्री प्रकाश ज्वालाको नाम तीन नम्बरका सिफारिस गरिएको छ ।

खुल्ला तर्फ रमेश मल्ल र अन्तिममा महिला तर्फ सीता बिष्ट बस्नेतको नाम सिफारिस गरिएको छ ।

समानुपातिक तर्फ – उमाकान्त शर्मा (खस आर्य), पबित्रा बिक (दलित महिला) , प्रमोदकुमार श्रेष्ठ (जनजाति) र अन्तिममा प्रेमा अधिकारी (महिला) सिफारिस गरिएको छ ।


राष्ट्रिय सभा तर्फ भने रत्नबहादुर वलीको मात्रै नाम सिफारिस गरिएको साबिक नेकपा (एकीकृत समाजबादी) अध्यक्ष रमेशकुमार गौतम र साबिक नेकपा (माओबादी) केन्द्रका संयोजक मानबहादुर मल्लले जारी गरेको बक्तब्यमा उल्लेख छ ।

प्रकाशित मिति : २०८२ पुष १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *