तुलसीपुर , पुस १० । अमृतपुर खानेपानीको नेतृत्व चुन्न बुधबार भएको मतदानको मतगणना रातिदेखि नै जारी छ ।
बिहीबार बिहान ९ बजे सार्वजनिक पछिल्लो मत परिनाम अनुसार नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार दशरथ वली क्षेत्रीले १३९७ मत गणना भइ सक्दा ८१२ मत प्राप्त गरेका छन् । वलीले सुरु देखि नै अग्रता कायमै राखेका छन् ।
वलीका प्रतिष्र्धी नेकपा एमालेका उम्मेदवार जीतबहादुर खड्काले १३९७ गन्दासम्म ४४३ मत मात्रै प्राप्त गरेका छन् । हालसम्मको परिनाम अनुसार वली – खड्का भन्दा ३६९ मतान्तरले अघि छन् ।
काँग्रेसका वली नेतृत्वको लोकतान्त्रिक साझा प्यानलको उपाध्यक्षमा पमलाल भट्टराईले ५७३ मत प्राप्त गरेका छन् । उनी आफ्ना प्रतिष्पर्धी भन्दा ८ मतान्तरले अघि छन् । सचिव पदमा मदन प्रकाश हमालले ५५४ मत प्राप्त गरेका छन् । हमाल आफ्ना प्रतिष्पर्धी भन्दा १३ मतान्तरले अघि छन् ।
१३९७ मत गणना गरि सक्दा सहसचिवमा रत्ना केसीले ६०१ प्राप्त गरेकी छन् । उनी प्रतिपष्र्धी भन्दा १७९ मतान्तरले अघि पुगेकी छन् । कोषाध्यक्षमा लालबहादुर वलीले ६०६ प्राप्त गर्दैै आफ्ना प्रतिष्पर्धी संगको मतान्तर १३४ पुर्याएका छन् । १३९७ मत गणना गरि सक्दा खुल्ला सदस्य तर्फ कृष्णबहादुर बिक ७६७ र महिला सदस्य तर्फ लक्ष्मी केसी ६०४ र देवी शर्मा ५५४ मत प्राप्त गरेका छन् ।
अर्कौ तर्फ १३९७ मत गणना गरि सक्दा एमालेका खड्का नेतृत्वको सयुक्त प्यानलबाट उपाध्यक्षमा मेघराज पाण्डे ५६५ , सचिव मुक्तिप्रसाद भट्टराई ५४१ , सहसचिव प्रेम कुमारी बिक ४२२ , कोषाध्यक्ष हिरा बिक ४७२ मत प्राप्त गरेका छन् ।
यो प्यानल बाट सदस्य मिनुका पन्ती ५८५ , सीता बस्याल ५३३ , दण्डबहादुर खत्री ८७३ र इन्द्रजीत चौधरी ६४४ प्राप्त गरेका छन् । सदस्य पदमा यो समुह बाट केही उम्मेदवारको अग्रता देखिएको छ ।
अमृतपुर खाने पानीको नेतृत्वका लागि नेपाली काँग्रेस र नेकपा एमाले समर्थित उम्मेदवार प्रतिष्पर्धाका लागि मैदानमा उत्रिएका छन् ।
नेपाली काँग्रेस र नेपाली कम्यूनिष्ट पार्टीका बीचमा चुनाबी तालमेल भएको छ भने नेकपा एमाले र बिप्लव नेतृत्वको नेकपा बीचमा चुनाबी तालमेल भएको छ ।
खाने पानीको अध्यक्ष पदका लागि नेपाली काँग्रेसका दशरथ वली र नेकपा एमाले बाट जीतबहादुर खड्का प्यानल नै बनाएर मैदानमा उत्रिएका थिए । दुबै पक्षले प्यालन निर्माण गरि परिनाम आफ्नो पक्षमा पार्न अभियान नै चलाएका थिए ।
उनीहरु प्यानलसहित उपभोक्ताको घर घरमै पुगेर मत मागेका थिए । त्यसमा उनीहरु समर्थित राजनीतिक दलहरुले पनि संगै भोट माग्दै हिडेका थिए ।
अमृतपुर खाने पानीको नेतृत्व चुन्न ४११० जना उपभोक्ताले मताधिकार पाएका थिए ।
त्यसमध्य ३०१५ मत खसेको थियो । खसेको मध्य अझैं आधा बढी मत गणना हुन बाँकी छ ।