२०८२ माघ २३ गते शुक्रवार

ठमेलमा युवकको हत्या पछि फरार कैदी आकाश मगर रोल्पाबाट पक्राउ

दाङ, पुस ९ । ठमेलमा एक जनाको हत्या पछि फरार कैदी रोल्पाबाट पक्राउ परेका छन् ।


२२ बर्षीय आकाश मगरलाई रोल्पाको धाङसी बाट पुस ७ गते दिउँसो पक्राउ परेका थिए । रोल्पाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुनिल थापाका अनुसार पक्राउ पछि मगरलाई सोही दिन नै काठमाडौंका लागि पठाइएको थियो ।

यसअघि प्रहरीले मगर दाङको लमहीका बासिन्दा भएको बताएको थियो । तर, रोल्पा प्रहरीले भने उनको घरको ठेगाना एकिन भइ नसकेको बताएको छ ।

लुटपाट तथा डकैती मुद्दामा ललितपुरस्थित नख्खु कारागारमा सजाय भुक्तान गरि रहेको समयमा मगर भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा जेल तोडफोड गरि भागेका थिए ।


जस्ले फेरि असोज १३ गते मकवानपुरका एक युवकको खुकुरी प्रहार गरि हत्या गरेका थिए ।

प्रकाशित मिति : २०८२ पुष ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *