तुलसीपुर, पुस ७। जिल्लाका क्रियाशिल विभिन्न चार राजनीतिक दल निकट विद्यार्थी संगठनहरुले नेपाल सस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालसहितका ब्यक्तिहरु माथि भएको दुब्र्यबहारको भत्र्सना गरेका छन् ।
जिल्लामा क्रियाशिल मध्य बिभिन्न चार राजनीतिक दल निकट विद्यार्थी संगठनले बिज्ञप्ती निकालेको छन् । नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोखरेल, अनेराश्ववियु दाङका सचिव सविन पोख्रेल, अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष गोबिन्दकुमार मल्ल र रा.प्र.बि. संघ दाङका अध्यक्ष मुस्कान पोख्रेलले संयुक्त बिज्ञप्ती प्रकासित गर्दै घटनाको निन्दा गरेका छन् ।
संयुक्त बिज्ञप्ती मार्फत उनीहरुले विश्वविद्यालय जस्तो पवित्र स्थलमा जिम्मेवार तथा सम्मानित व्यक्तिहरु माथि गरिएको आक्रमण तथा दुव्र्यवहारको भत्सना गरेका छन् ।
‘यो एउटा शैक्षिक तथा प्राज्ञिक व्यक्तिहरु माथि गरिएको अपमान मात्र होइन समग्र शैक्षिक प्रणाली तथा लोकतान्त्रिक मुल्यमान्यता माथि गरिएको आक्रमण हो,’ बिज्ञप्तीमा भनिएको छ ‘ यस घटनाले शैक्षिक वातावरणलाई आतंकित बनाउने र शिक्षाको गुणस्तर नै धरापमा पार्ने गम्भिर खतरा उत्पन्न भएको छ ।’
उनीहरुले घटनामा संलग्न जो कोही भएपनि तत्काल पहिचान गरी कानून बमोजीम कारवाही गर्न माग गरेका छन् ।
आइतबार बिहान आवासमा पुगेर नेकपा (बहुमत) को बिद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) का केही ब्यक्तिहरु पुगेर उपकुलपति नेपालसहित उनका स्वकीय सचिव चोलेन्द्र रिजाल र कर्मचारी संघका पूर्व अध्यक्ष खिमबहादुर केसीसमेतका ब्यक्तिहरु माथि कालो मोसो दल्नुका साथै कुटपिट गरेका थिए ।
घटनाको जिम्मा अनेरास्ववियू (क्रान्तिकारी) का लुम्बिनी प्रदेश समिति इञ्चार्ज प्रेमप्रशान्त बोहराले बिज्ञप्ती मार्फत लिएका छन् । उनले बिज्ञप्ती मार्फत उपकुलपति नेपाल माथि विभिन्न ८ बुँदामा अनियमितता गरेको लगाएत दोषारोपन गरेका छन् ।
जस्को बुँदा नम्बर १ मा विश्वविद्यालय बाट भ्रष्टचारका अभियोग लागेका रजिष्टार माधव अधिकारी बाट उपकुलपति नेपालले मोटो रकम असुली पुनः रजिष्टारमा सिफारिस गरेको उल्लेख छ ।
उपकुलपति नेपाल माथि यसअघि पनि कर्मचारीदेखि प्राध्यापक भर्ति तथा भवन निर्माणमा अनियमितता गरेको अभियोग लागेको थियो ।
जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले हालसम्म घटनामा संलग्न ब्यक्तिहरु फेला नपरेको तथा खोजी कार्य जारी रहेको बताए ।
