दाङ, पुस ६ । सल्यानमा भएको ट्रयाक्टर दुर्घटनामा परि एक जना चालकको मृत्यु भएको छ । अर्का एक जना घाइतेको उपचार जारी छ ।
दुर्घटनामा परि गम्भीर घाइते भएका रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका – ३ झुलनेटाका २१ बर्षीय चालक सुरेश बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
ट्रयाक्टरमा सवार त्रिवेणी – ४ खाम्चाका २६ बर्षीय पूर्णबहादुर बिक घाइते छन् । उनको अवस्था मध्य रहेको तथा उपचार जारी रहेको प्रहरीले बताएको छ ।
रुक्ुम पश्चिमको झुलनेटा बाट सल्यानको दार्मा गाउँपालिका – ५ तिते पातल सामुदायिक वन तर्फ दाउरा लिन आउँदै गरेको क. प्र .०२०१ त ०४४४ नम्बरको ट्रयाक्टर भित्री सडक खण्डमा दुर्घटनामा परेको थियो ।
ट्रयाक्टर सडक बाट करिब १०० मिटर तल खसेको थियो ।
त्यो दुर्घटना शनिबार बेलुका ५ बजेतिर भएपनि दु्र्घटना बारे स्थानीयले प्रहरीलाई राति पौने ९ बजेतिर मात्रै खबर गरेका थिए ।
त्यसपछि पुगेको प्रहरीले घाइतेलाई उद्धार गरि रुकुम पश्चिमको जिल्ला अस्पताल सल्ले तर्फ पठाएको थियो । साढे १० बजे मात्रै घाइतेहरु अस्पताल पुर्याइएका थिए ।
उपचारका क्रममा चालक सुरेश बिकको आइतबार बिहान (राति) मृत्यु भएको सल्यान प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनाको कारण बारे अनुसन्धान भइ रहेको प्रहरीले
जानकारी दिएको छ ।
