२०८३ साउन २४ गते आइतवार

नेकपा (बहुमत) का कार्यकर्ताले उपकुलपति नेपाल माथि दुब्र्यबहार

तुलसीपुर , पुस ६ । नेकपा (बहुमत) का कार्यकर्ताले नेपाल संस्कृत विद्यालयका उपकुलपति धनेश्वर नेपाललाई कालो मोसो दलेर दुब्र्यबहार गरेका छन् ।

कर्मचारी भर्ना र भवन निर्माण लगाएतमा अनियमितता गरेको आरोपमा नेकपा (बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी) का बिद्यार्थी नेताले दुब्र्यबहार गरेका हुन ।


आइतबार बिहान ८ बजेतिर ५/६ जनाको संख्यामा पुगेका अखिल (क्रान्तिकारी)का विद्यार्थीले कालोमोसो दल्नुका साथै दब्र्यबहार गरेको दाङका प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले बताए । बहुमतका कार्यकर्ताले उपकुलपतिको क्वाटरमै पुगेर कालो मोसो दलेका थिए ।

घटना पछि दाङका प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठसहित इलाका प्रहरी कार्यालय तुलसीपुरबाट पनि प्रहरी टोली बेलझुण्डीमा पुगेको छ ।

प्रहरीले उपकुलपति नेपाल माथि दुब्यर्बहार गर्ने कार्यमा संलग्नहरुको खोजी भइ रहेको जनाएको छ ।

घटनाको जिम्मा अनेरास्ववियू (क्रान्तिकारी) का लुम्बिनी प्रदेश समिति इञ्चार्ज प्रेमप्रशान्त बोहराले बिज्ञप्ती मार्फत लिएका छन् । बिज्ञप्ती उपकुलपति नेपाल माथि विभिन्न ८ बुँदामा दोषारोपन गरिएको छ ।

बुँदा नम्बर १ मा विश्वविद्यालय बाट भ्रष्टचारका अभियोग लागेका रजिष्टार माधव अधिकारी बाट उपकुलपति नेपालले मोटो रकम असुली पुनः रजिष्टारमा सिफारिस गरेको उल्लेख छ ।


उपकुलपति नेपाल माथि यसअघि पनि कर्मचारीदेखि प्राध्यापक भर्ति तथा भवन निर्माणमा अनियमितता गरेको अभियोग लागेको थियो ।

त्यो बिषयमा राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरेको थियो । जस्मा विश्वविद्यालयमा व्यापक अनियमितता भएको निष्कर्ष निकाल्दै थप छानबिन र आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फाइल पठाइएको थियो ।

प्रकाशित मिति : २०८२ पुष ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *