२०८३ साउन २८ गते बिहिवार

कुटपिट गरि श्रीमतिको हत्या गर्ने श्रीमान पक्राउ


दाङ, पुस ६ । कुटपिट गरि श्रीमतिको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।

रोल्पाको रुन्टीगढी गाउँपालिका –५ जस्पुरमा ५२ बर्षीया श्रीमति रिमा परियारको कुटपिट गरि हत्या गरेको आरोपमा उनका ४८ बर्षीय अमराज दमाइ पक्राउ परेका हुन ।

मदिराले मातेका श्रीमान अमराजले श्रीमति रिमालाई शनिबार दिउँसो कुटपिट गरि गम्भीर घाइते तुल्याएको भएपनि इलाका प्रहरी कार्यालय होलेरीमा बेलुका ६ बजेतिर मात्रै स्थानीयले खबर गरेका थिए ।

खबर पाएपछि इप्रका होलेरी बाट प्रहरी निरीक्षक मनिस थापाको नेतृत्वमा पाँच जनाको टोली घटनास्थल पुगेको थियो ।


प्रहरी टोलीले घाइते रिमाको उद्धार गरि प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचारका लागि पठाएको थियो ।

रोल्पाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुनिल थापाका तत्काल चेकजाँच गर्दा चिकित्किसले रिमालाई मृत घोषणा गरेका थिए । श्रीमतिको हत्या आरोपी अमराज प्रहरीले नियन्त्रणमा छन् ।


शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल रेउघामा लगिएको छ । अमराज माथि थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ पुष ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *