तुलसीपुरमा , पुस २ । समावेसी शिक्षा महत्व बारे गोरखा स्कुल तुलसीपुरमा बुधबार छलफल भएको छ ।
काठमाडौं यूनिर्भसिटी स्कूल अफ एजुकेसन ब्याच सन २०२५ ले आयोजना गरेको सामुहिक छलफलमा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारी, काठमाडौं यूनिर्भसिटीकी आषिशा थापा, प्याब्सन तुलसीपुरका अध्यक्ष डम्बरबहादुर डाँगी र गुरु जजुर माध्यामिक बिद्यालय रक्षाचौरकी प्रधानाध्यापक बिष्णुकुमारी केसीले समावेसी शिक्षाका बारेमा सामुहिक छलफल गरेका थिए ।
प्रारम्भीक बाल बिकास, बालमनोबिज्ञान, समावेसी शिक्षाका बारेमा उनीहरुले आपसमा आफ्ना अनुभवहरु साटासाट गरेका थिए ।
काठमाडौं यूनिर्भसिटीकी विनिता पौडेलको अध्यक्षता र तुलसपुर शिक्षा महाशखाका भण्डारीको प्रमुख आथित्यमा भएको कार्यक्रममा समावेसी शिक्षाको महत्व र अवस्थाका बारेमा आषिशा थापाले प्रकाश पारेकी थिइन ।
जस्ले अपाङ्गता भएका लगाएत श्रमिक बालबालिकासहित बिभिन्न १३ प्रकारका बालबालिका कक्षा कोठामा अध्यन गर्न आउने हुँदा उनीहरुको शारिरीक, भाषिक, मानसिक अवस्था अध्यन तथा विश्लेशन गरि पठन पाठन गर्न सके मात्रै पठन संस्कृति सफल बन्न सक्ने बताएकी थिइन ।
कार्यक्रममा निजी र सामुदायिक विद्यालय बीचको भेद तथा उनीहरुमा अध्यनर विद्यार्थीलाई कसरी समावेसी शिक्षा दिन सकिन्छ भन्ने बारेमा पनि छलफल भएको थियो ।
कार्यक्रममा तुलसीपुर क्षेत्रका निजी र सामुदायिक गरि एक दर्जन बढी विद्यालयका प्रधानाध्यापक तथा शिक्षकको सहभागिता थियो ।
उनीहरुले पनि समुह छलफलमा भाग लिदै आफ्ना कक्षा कोठामा अनुभवहरु सुनाउँदै समुह छलफलमा आवद्ध ब्यक्तिहरुलाई बिभिन्न जिज्ञासाहरु सोधेका थिए ।
काठमाडौं यूनिर्भसिटीका माष्टर्समा अध्यनरत तथा गोरखा माविका कोर्डिनेटर डम्मर डाँगीले कार्यक्रममा सहजीकरणको भूमिका निर्वाह गरेका थिए ।
