दाङ , पुस २ । बर्दियामा चितुवाको आक्रमणबाट एक जना युवकको बुधबार मृत्यु भएको छ ।
बारबर्दिया नगरपालिका–१० डफैयाका ३२ वर्षीय दिनेश थारुको बुधबार दिउँसो चितुवाको आक्रमण बाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी देवेन्द्रकुमार मल्लका अनुसार थारु दिउँसो एक बजेतिर स्थानीय सिम्रवा सामुदायिक वन भित्र सौच गर्न भनेर गएका थिए । सौच गर्ने क्रममा थारु माथि चितुवाले आक्रमणमा गरि लगेको थियो ।
खोजी गर्ने क्रममा दिउँसो चार बजेतिर गर्धन, छाति र बायाँ खुट्टाको तिघ्रा खाइसकेको अवस्थामा थारुको शव फेला परेको डिएसपी मल्लले जानकारी दिए ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८२ पुष २ गते बुधवार
