२०८३ साउन २४ गते आइतवार

श्रीमानका बिरुद्ध मुद्दा चल्न नदिने भन्दै श्रीमति संग १० हजार घुस बुझेको आरोपमा २ जना पक्राउ

दाङ, मंसिर २९ । प्रहरी हिरासतमा रहेका श्रीमानका बिरुद्ध मुद्दा चल्न नदिने आश्वासन दिएर श्रीमति संग दश हजार घुस बुझेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कपिलबस्तु जिल्लाको बुद्धभूमी नगरपालिका – १० बिजगौलीका ५० बर्षीय अयोध्यालाल श्रीबास्तव र २२ बर्षीय भगत भनिने मोहन रैदास रहेका छन् ।

मंसिर १२ गते राति कपिलबस्तु नगरपालिका – ३ विशम्भरपुरमा झैंझगडा भइ कुटपिट तथा ज्यान मार्ने उद्योग गरेको भन्दै लक्षिमन केवटले तीन जना बिरुद्ध किटानी जाहेरी दिएका थिए ।


लक्षिमनको जाहेरीका अधारमा प्रहरीले सोही वडाको विशम्भरपुरका प्रलाहद केवटसहित तीन जनालाई पक्राउ गरि ज्यान मार्ने उद्योग शिर्षकमा मुद्दा दायर गरि प्रहरी हिरासतमा राखेर अनुसन्धान गरि रहेको छ ।

कपिलबस्तुका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक दिपक कुँवरका अनुसार पछिल्लो समय पक्राउ परेका दुई जनाले आँफुहरुको प्रहरीका ठूला अधिकारी संग राम्रो चिनजान रहेको भन्दै मुद्दा चल्न नदिने आश्वासन दिएर मंसिर १३ गते प्रलाहद केवटकी श्रीमति मिना केवट संग दश हजार रकम घुस बाफत बुझेका थिए ।


श्रीमान नछुटेपछि मिनाले मंसिर २७ गते श्रीबास्तव र रैदासका बिरुद्ध आँफुलाई ठगी गरेको भन्दै प्रहरीमा पुगेर किटानी जाहेरी दिएकी थिइन । त्यसपछि प्रहरीले श्रीबास्तव र रैदासलाई नियन्त्रणमा लिएर ठगी मुद्दामा अनुसन्धान गरि रहेको छ ।


ठगी मुद्दाका आरोपी श्रीबास्तव र रैदासलाई कपिलबस्तु नगरपालिका – २ को सरिमा हस्पिटल अगाडि रहेको एक पान पसल नजिक बाट प्रहरी हिरासतमा रहेका प्रलाहद केवटकी श्रीमति मिना केवट बाट दश हजार घुस बुझेको मिनाले जाहेरीमा उल्लेख गरेकी छन् ।


जिल्ला अदालतले पक्राउ परेका दुबै जना बिरुद्ध आइतबार उनीहरुका बिरुद्ध ठगी अपराधिक तथा अपराधिक लाभ कसुरमा पाँच दिनको म्याद दिएर अनुसन्धान गर्न अनुमति प्रदान गरेको छ ।


घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *