तुलसीपुर , मंसिर २८ । पार्किङ शुल्क उठाउने बिषयमा अटो ब्यबसायी बीच लफडा भएपछि बिजौरीस्थित दाङ भ्याली यातायात प्रालिको उपशाखामा आइतबार अर्कौ समुहले तालाबन्दी गरि दिएको छ ।
दाङ भ्याली यातायात प्रालिबाट छुट्टिएर गठन भएको दाङ भ्यू अटो ब्यबसायी समितिका पदाधिकारीले बिजौरीस्थित कार्यालयमा तालाबन्दी गरेका हुन ।
बिप्लव निकटको नेकपा (माओबादी)का तुलसीपुर नगरका सेक्रेटरी रुद्र सीले बिज्ञप्ती मार्फत तालाबन्दी गरिएको जानकारी दिएका छन् ।
जसमा मंसिर ११ गते दाङ भ्यू अटो ब्यबसायी समितिकी सचिव पुष्पा पुन मगरले पार्किङ सम्बन्धि उत्पन्न बिबाद मिलाउनका लागि फोन सम्पर्क गर्दा दाङ भ्याली यातायात प्रालिका बिजौरी शाखा अध्यक्ष प्रकाश रेग्मीले आँफुहरुलाई कुन पार्टीको गुन्डाहरु हौ भन्दै तथानाम पार्टीलाई आरोप लगाएको हुँदा ताला लगाउनु परेको नेकपा (माओबादी) का नगर सेक्रेटरी रुद्रले बताएका छन् ।
सचिव पुष्पाले पार्टीमा दिएको निबेदनमा बिजौरीमा रहेको एक जनाको जग्गा मासिक पाँच हजारमा पार्किङका लागि भाडामा लिएको र त्यो भाडा तिर्न आँफुहरुले मासिक प्रति अटो एक सय ५० रुपैयाँ उठाउँदै आएको उल्लेख गरेकी छन् । तर, दाङ भ्याली यातायात प्रालिका पदाधिकारीले दैनिक पार्किङ गरे बाफत ५० रुपैयाँ बुझाउनु पर्छ भनेर ताकेता गरेको उल्लेख छ ।
पूर्व सहमति अनुरुप नै आँफुहरुले मासिक एक सय ५० रुपैयाँ मात्रै बुझाउने बिषयमा बिबाद बढेको र दाङ भ्याली यातायात प्रालिका पदाधिकारीले यात्रुलाई अटोमा राख्न लाग्दा अवरोध सृजना गर्ने, धम्किदिने जस्ता ब्यबहार गरेको बेहोरासहितको निबेदन पार्टीमा मंसिर ११ गते पेश गरेकी थिइन ।
त्यसैमाथि बादबिबाद बढ्दै जाँदा तालबान्दी गरिएको नेकपा (माओबादी) नगर समितिले जनाएको छ ।