२०८२ माघ ३ गते शनिवार

तुलसीपुर महोत्सवका एक सय बढी स्टल बुक भइ सके – आयोजक

तुलसीपुर , मंसिर २८ । पुस ४ गतेदेखि १९ गतेसम्म तुलसीपुरमा आयोजना गर्न लागिएको तुलसीपुर महोत्सवमा मंसिर २८ गते बिहानसम्म एक aसय बढी स्टल बुक भइ सकेको आयोजकले जानकारी दिएको छ ।


आइतबार महोत्सव स्थल तुलसीपुर – ६ हात्ती खौवा चोकमा आयोजित पत्रकार सम्मेलनमा महोत्सव आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लालबहादुर केसीले आइतबार बिहानसम्म एक सय पाँच वटा स्टलहरु बुक भइ सकेको जानकारी दिएका हुन ।


महोत्सव स्थलको निर्माण कार्य लगभग ७५ देखि ८० प्रतिसत पुरा भएको र निर्माण कार्य तीब्र गतिमा भइ रहेको उनले बताए । महोत्सव सफल बनाउनका लागि दुई सय ५१ सदस्यीय मुल आयोजक समिति र २७ बिभिन्न उपसमिति संयोजक गठन गरिएको अध्यक्ष केसीले जानकारी दिए ।

त्यस्तै कृषी र उत्पादनका ५० वटा स्टलहरु कृषकलाई निशुल्क रुपमा प्रदान गरिने अध्यक्ष केसीले जानकारी दिए । ती स्टलमा राखेको कृषी उपजको आधारमा उत्कृष्ट केषी उद्यमीलाई मेला समापनका अबशरमा पुरस्कृत गरिने पनि केसीले बताए ।


युवा उद्यम नब पर्वतन महोत्सवको मुख्य उदेश्य रहेको भन्दै अध्यक्ष केसीले स्थानीय ब्यबसायीलाई स्टलमा २५ प्रतिसत छुट दिइएको बताए । महोत्सबमा कुल साढे चार सय जति स्टल राखिने जानकारी दिइएको छ । त्यसका साथै लन्डन ब्रिज, जल परी, फिस टनेल मेलाका मुख्य आकर्षक रहने बताइएको छ ।


अध्यक्ष केसीले दाङ बाट केन्द्रमा स्तापित कलाकार सबैलाई महोत्सवमा महत्वका लागि स्थान दिनका लागि पहल हुने पनि बताए ।


पत्रकार सम्मेलनको सहजीकरण नेपाल घरेलु तथा साना उद्योग महासंघका महासचिव भद्रबहादुर वलीले गरेका थिए ।

प्रकाशित मिति : २०८२ मङ्सिर २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *