तुलसीपुर, मंसिर २८ । राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो पटक तुलसीपुरमा आफ्नो कार्य समिति गठन गरेको छ ।
शनिबार तुलसीपुरको बिएचएस पार्टी प्यालेसमा भएको भेला बाट तुलसीपुर उपमहानगरको तदर्थ समिति चयन गरेको हो । जस्को सभापतिमा जीवन भण्डारी रहेका छन् ।
भण्डारी ‘राप्ती लाइफ केयर हस्पिटल’ का एक जना शेयर सदस्य हुन ।
ऐतिहासिक भनिएको नगर भेलाले भण्डारीको नेतृत्वमा १५ सदस्यीय तुलसीपुर तदर्थ समिति गठन गरेको छ ।
उक्त समितिको उपसभापतिमा निर्मला वली केसी, सचिवमा कमल बस्नेत, सहसचिवमा टंक नेपाली र कोषाध्यक्षमा राजन भण्डारीलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
समितिको सदस्यहरूमा शोभा सुवेदी, पार्वती आचार्य, पहलमान रावत, सुमन विश्वकर्मा, वसन्त खत्री, कमल बस्नेत, रामबहादुर डाँगी, अर्जुन लामिछाने, नारायणप्रसाद केसी र भेषराज आचार्य चयन गरिएका छन् ।
प्रकाशित मिति : २०८२ मङ्सिर २८ गते आइतवार