२०८२ माघ ३ गते शनिवार

दाङमा पेस्तोल पड्कदा एक जना घाइते

दाङ,मंसिर २७ । दाङको लमही नगरपालिका- ५ रातो डाँडास्थित रोयल प्यालेस होटलमा पेस्तोल पड्किएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्रबहादुर शाहका अनुसार होटलको कोठामा कर्मचारीले सफा गर्ने क्रममा पेस्तोल एक्कासि पड्किएको हो।

कर्मचारीको हातमा चोट लागेको उनले बताए। उपचारपश्चात कर्मचारी डिस्चार्ज भइसकेको उनले बताए।

घटना शनिबार बिहान ११:३० बजे भएको हो।

प्रकाशित मिति : २०८२ मङ्सिर २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *