२०८२ माघ ३ गते शनिवार

जीप दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु

दाङ , मंसिर २६ । पाल्पामा शुक्रबार भएको जीप दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । आठ जना घाइते छन् ।

पाल्पाका जिल्ला प्रहरी प्रबक्ता डिएसपी होमप्रकाश चौधरीका अनुसार दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
यो खवर तयार पार्दासम्म मृतक कसैको पनि पहिचान खुली सकेको छैन ।

अरुणखोलाबाट पाल्पाको रामपुर तर्फ जाँदै गरेको लेकबेसी यातायातको लु १ ज ३९०८ नम्बरको जीप मित्याल अरुणखोला सडक अन्तर्गत निस्दी गाउँपालिका – ४ मित्याल चिउरेबासको घुम्ती नजिक बाट करिब ६०० मिटर भन्दा मुनी खसेको भन्ने खबर आएको डिएसपी चौधरीले बताए ।


घाइते आठ जनालाई उद्धार पछि अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ ।
केही घाइते यात्रुले उकालोमा गाडी रोकेर यात्रु ओराल्ने क्रममा भीरबाट खसेको बताएका छन् ।

प्रहरीले भने दुर्घटनाको कारण खुली नसकेको तथा अनुसन्धान जारी रहेको बताएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *