दाङ , मंसिर २६ । रोल्पामा एक जना बृद्धलाई बाटोबाट धकलेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
जिल्लाको माडी गाउँपालिका – १ पेदीखोलाका स्थानीय ५० बर्षीय गनबहादुर बुढाले स्थानीय ६७ बर्षीय मनबहादुर घर्तीलाई बिहीबार बेलुकी पाँच बजेतिर बाटोको छेउमा हिडीरहेको समयमा एक्कासी पछाडिबाट धकेलेका थिए ।
जसकारण घर्ती बाटो मुनी झन्डै १० मिटर तल खसेका थिए ।
नाक,मुख र ढाडमा चोट खेपेका घाइते घर्तीलाई उपचार लागि जिल्लाकै घर्तीगाउँस्थित स्मृति अस्पतालमा पुर्याइको थियो ।
घर्ती गाउँमा उपचार संभव नभएपनि थप उपचारका लागि घाइते घर्तीलाई दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रिफर गएिको थियो ।
रोल्पाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुनिल थापाका अनुसार उपचारका क्रममा घर्तीको मृत्यु भएको थियो ।
घर्तीलाई धकलेर हत्या गरेको आरोपमा बुढा प्रहरी नियन्त्रणमा छन् । स्थानीयले प्रहरीलाई दिएको जानकारी अनुसार प्रहरी हिरासतमा रहेका बुढा सुस्त मनस्थितिका ब्यक्ति हुन ।
उनी माथि थप अनुसन्धान हुने प्रहरीले बताएको छ ।