२०८२ माघ ३ गते शनिवार

बाँकेमा १३६ ग्राम बढी ब्राउन सुगरसहित मानिसहरु पक्राउ


दाङ , मंसिर २५ । बाँके प्रहरीले एक सय एक ग्राम बढी लागु औषध ब्राउन सुगरसहित केही मानिसहरुलाई पक्राउ गरेको छ ।


जिल्लाको नेपालगंज उपमहानगरपालिका – १५ जमुनाहा माछा मण्डीबाट ३७ ग्राम ४८० मिलीग्राम ब्राउन सुगरसहित मंगलबार दुई जना पक्राउ परेका थिए ।

पक्राउ पर्ने दुबै जना भारतीय नागरिक हुन । भारत उत्तर प्रदेश नानपाराका २२ बर्षीय थरुवा अहमद र भारत बहराइचका २५ बर्षीय तोहिद खान पक्राउ परेका थिए ।


बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश बिष्टका अनुसार शंका लागेर उनीहरु माथि खान तलासी गर्दा उक्त परिमानमा ब्राउन सुगर बरामद भएको थियो ।

सोमबार नेपालगंज – १४ बालेगाउँ ‘मेरो प्लानेट भित्र’ लागुऔषधको कारोबार भइ रहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले तीन जनालाई ६४ ग्राम १६० मिली ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरी निरीक्षक बिष्टले बताए ।


बिष्टका अनुसार नेपालगंज – १४ का २४ बर्षीय सुदिपकुमार भाट, सोही ठाउँका २६ बर्षीय पवनकुमार शर्मा र डुडुवा गाउँपालिका – ६ का २७ बर्षीय राजु शाह उक्त परिमानको ब्राउन सुगरसहित पक्राउ परेका हुन ।


उनीहरुलाई नियन्त्रण लिइ अनुसन्धान गर्दा त्यो ब्राउन सुगर नेपालगंज – १४ उधोपुरुवाका ५९ बर्षीय सुरत खटिकबाट लिएको भनेर पोलेका थिए ।

त्यो सूचनाको आधारमा प्रहरी खटिकको घरमा गइ शरिर खान तलासी गर्दा उनको साथ बाट थप ३३ ग्राम ६७० मिली ग्राम ब्राउन सुगर बरामद भएको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए ।

त्यस्तै खटिकको घरको झ्यालमा लुकाएर राखेको अवस्थामा थप १ ग्राम ६०० मिली ग्राम ब्राउन सुगर बरामद भएको प्रहरी निरीक्षक बिष्टले बताए ।


पक्राउ परेका सबै जना बिरुद्ध जिल्ला अदालत बाट म्याद थप भइ आगु औषध शिर्षकमा मुद्दा चलाउने गरि थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *