दाङ, मंसिर २५ । दाङ तुलसीपुर उपमहानगरपालिका – ६ का २८ बर्षीय निरज चौधरीको हत्या आरोपी पक्राउ परेका छन् ।
निरजकको हत्या आरोपी तुलसीपुर – ६ कै ५१ बर्षीय महाबीर चौधरी कैलालीबाट पक्राउ परेका हुन ।
महाबीरले मंसिर २० गते बिहान बर्दियामा निरज माथि गोली प्रहार गरि हत्या पछि फरार रहँदै आएको भएपनि बिहीबार राति कैलाली जिल्लाको कैलारी गाउँपालिका – २ स्थित एक खाली घरमा सुतिरहेको समयमा बिहान ३ बजेतिर फेला पारी नियन्त्रणमा लिइएको बर्दियाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताए ।
बर्दियाका प्रहरी प्रमुख एसपी सरोज पौडेलका अनुसार बर्दियाको राजापुर नगरपालिका – ४ स्थित ‘हमार थारु घर एण्ड रेष्टुँरेण्ट’भित्रै महाबीरले निरज माथि कानको मुनी गोली हानेर हत्या गरेका थिए । जुन होटेलको महाबीरपनि एक संचालक हुन ।
गोली हाने पछि अचेत अवस्थाका निरजलाई महाबीर आँफैले उपचारका लागि भनेर बाँकेको नरसिंह होममा होटेलका पाटनरलाई प्रयोग गरि पठाएका थिए । तर, त्यहाँ चेकजाँच गर्नासाथ चिकित्सकले निरजलाई मृत घोषणा गरेका थिए । अचेत अवस्थाका निरजलाई अस्पताल लैजान लगाएर महाबीर आँफु भने फरार भएका थिए ।
प्रहरीले घटनास्थल बाट गोलीको खोका बरामद भएको बताएको छ । प्रहरीले घटनास्थल बाट महाबीरको पासपोर्ट, भिजाका साथै अमेरिकी डलरसमेत बदामद भएको जानकारी दिएको छ ।
महाबीरले निरजलाई गोली हान्नुको मुख्य कारण लेनदेन थियो । तल्लो बाटो अमेरिका पठाइ दिने सपना देखाएर महाबीरले निरज संग पैंशा लगेका थिए । प्रहरीका अनुसार अमेरिका पठाउन नसकेको भन्दै निरजले दिएको पैंशा फिर्ता माग्दा महाबीर आवेगमा आएर एकाएक गोली प्रहार गरि हत्या गरेको तथ्य प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक कार्कीले बताए ।
हत्या गरिएका निरज पोल्ट्री फर्म रेखदेख गर्न बर्दियामा बस्दै आएका थिए । त्यो पोल्ट्री फर्म लुुम्बिनीका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको जग्गामा छ । पूर्व मुख्यमन्त्री चौधरीका भाइ महाबीरको समेत लगानीमा संचालित रहेको ‘हमार थारु घर एण्ड रेष्टुँरेण्ट’ त्यो पोल्ट्री फर्मको नजिकै छ । नेपाली काँग्रेसका नेता डिल्ली र महाबीर नाताले सहोदर दाजु भाइ भएपनि उनीहरु झन्डै दुई दशक अघि नै छुट्टी भिन्द भइ अलग बस्दै आएका थिए । अमेरिकाका ग्रिन कार्ड होल्डर महाबीर अधिकाँस समय अमेरिका बस्थे । उनका श्रीमति र सन्तान पनि सबै अमेरिकामै छन् । कहिले काँही उनी नेपाल आउ जाउ गरि रहन्थे ।
पछिल्लो समय महाबीर नेपाल आएपछि निरज आँफुले बिगतमा दिएको रकम फिर्ता माग्न गएका बखत उनी माथि गोली प्रहार गरि हत्या भएको कुरा प्रारम्भीक अनुसन्धान बाट खुल्न आएको प्रहरी निरीक्षक कार्कीले बताए ।
प्रहरीका अनुसार ‘हमार थारु घर एण्ड रेष्टुँरेण्ट’ बर्दियाको राजापुर नगरपालिका – ४ की ४४ बर्षीया रामकुमारी थारुको संग मिलेर सह लगानीमा महाबीरले चलाउँदै आएका थिए ।
प्रहरीले ४४ बर्षीया रामकुमारी , उनका ५० बर्षीय श्रीमान बुद्धि थारु र उनीहरुका २२ बर्षीय छोरा राहुल थारुलाई पनि निरज हत्या घटना अनुसन्धानका लागि नियन्त्रणमा लिएर अनुसन्धान गरि रहेको छ ।
मंसिर २० गते बिहान ८ बजेतिर कटेज (होटेल) भित्रै गोली प्रहार पछि प्रमाण मेटाउन त्यहाँ सरसफाइ तथा लिपपोत गरेको देखिाएको, अचेत अवस्थाका निरजलाई प्रहरीलाई खबर नै नगरी नेपालगंजस्थित नर्सिंह होममा बाबु छोरा मिलेर उपचारका लागि भनेर लगेर गएका थिए ।
निरज माथि गोली प्रहार गरि हत्या गर्ने महाबीर पक्राउ परि सकेको भएपनि उनी माथि थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ । अनुसन्धान सकेर प्रहरीले निरज हत्या काण्ड बारे सार्वजनिक गर्ने बताएको छ ।
हत्या गरिएका निरजका बुवा रामबुझाउन थारुले मंगलबार छिमेकी देश भारत बाट आएर छोराको हत्या गरेको आरोपमा महाबीर बिरुद्ध बर्दिया प्रहरीमा पुगेर किटानी जाहेरी दिएका थिए ।
सोही दिन नै पोष्ट मार्टम पछि निरजको शब दाङको तुलसीपुरस्थित घरमा ल्याइ आफ्नो जातिय परम्परा अनुसार अन्तेष्टि गरिएको थियो । कमजोर आर्थिक अवस्था भएका निरजका बुवा आमा रोजगारीका लागि छिमेकी देश भारतमा बसेर काम गर्दै आएका थिए ।