२०८२ माघ ३ गते शनिवार

दाङको क्षेत्र नं. २ मा प्रतिनिधि सभाका लागि बिमला योगीको नाम १ नम्बरमा

पत्रकार बिपुल पोख्रेलको नाम ८औं नम्बरमा सिफारिस

तुलसीपुर , मंसिर २४ । नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारको लागि दश जनाको नाम केन्द्रमा सिफारिस गरि पठाएको छ ।

क्षेत्रीय सभापति भिमप्रकाश खड्काको अध्यक्षतामा बुधबार बसेको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा (प्रत्यक्ष र समानुपातिक तर्फ) र माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १ नम्बरमा अधिकारकर्मी तथा बित्तिय संस्था संचालन गरि सयौंका लागि रोजगारी सृजना गर्दै आएकी बिमला योगीको नाम सिफारिस गरेको छ ।

त्यस्तै ८औं नम्बरमा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलको नाम सिफारिस गरिएको छ ।

प्रतिनिधि सभा (प्रत्यक्ष तर्फ)
१ –बिमला योगी
२–किरणकिशोर घिमिरे
३–भोजराज पाण्डे
४.खगराज पाण्डे
५–बमबहादुर डिसी
६–अनिता देवकोटा
७–दुर्लभ केसी
८–विपुल पोख्रेल
९ – विष्णु शर्मा
१० – कुलराज खनाल

प्रतिनिधि सभा (समानुपातिक तर्फ)
१– गोमा रावत
२– सावित्रा राना
३ –हरि सुवेदी
४– बाबुराम विश्वकर्मा
५ –गणेशकुमार चौधरी
६ – विपिन बुढाथोकी


कलेजमा अध्यापन गर्ने शिक्षकसमेत रहेका बाबुराम विश्वकर्मा नेपाल दलित संघका जिल्ला अध्यक्ष हुन भने विपिन बुढाथोकी एमनेष्टी इन्टरनेसनेलका केन्द्रीय अध्यक्ष हुन ।

उनी लगातार दोस्रो कार्यकालका लागि एमनेष्टीको नेतृत्वमा सर्वसम्मत चुनिएका हुन ।

राष्ट्रिय सभा तर्फ
१– विरकेशरी गौतम – पूर्व जिल्ला पार्टी सभापति
२– घनश्याम रेग्मी – पूर्व जिल्ला पार्टी सभापति
३ –मोहनलाल वली– पूर्व जिल्ला पार्टी सभापति
४ – नदनकुमार शर्मा – नेता

प्रकाशित मिति : २०८२ मङ्सिर २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *