२०८२ माघ ३ गते शनिवार

काँग्रेस दाङ क्षेत्र नंं १ मा योगेन्द्र चौधरीको नाम १ नम्बरका सिफारिस

दाङ, मंसिर २३ ।

नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चार जनाको नाम सिफारिस गरेको छ ।
प्रत्यक्ष तर्फ केन्द्रीय सदस्य योगेन्द्र चौधरीको नाम एक नम्बरका सिफारिस गरिएको छ । त्यसपछि महासमिति सदस्य द्धय जानकीलाल बस्नेत र कमल किशोर घिमिरेको नाम छ । महाधिवेशन प्रतिनिधि प्रदीपराज शर्माको नाम पनि सिफारिस गरिएको छ ।
काँग्रेस केन्द्रीय कार्यसमितिले क्षेत्रबाट तीन जनाको मात्रै नाम सिफारिर गर्न भने पनि दाङ क्षेत्र नं. १ बाट चार जनाको नाम सिफारिस गरिएको छ ।

नेपाली काँग्रेस दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डेको अध्यक्षतामा मंगलबार दाङको लमहीमा बसेको बैककले केन्द्रीय सदस्य चौधरीको नाम १ नम्बरमा पठाउने निर्णय गरेको हो ।

त्यस्तै समानुपातिक तर्फ नौं जनाको नाम क्षेत्र नं. १ ले सिफारिस गरेको छ ।
१ – कृष्णकिशोर घिमिरे
२– सुशीला चौधरी
३– देवका बेल्बासे
४– अनुराग यादव
५– खिमा अधिकारी
६ – मधुप्रसाद न्यौपाने
७– खड्गबहादुर विक
८– कृष्ण गिरी
९ – पवन नेपाली

दाङमा संघीय तीन निर्वाचन क्षेत्र छन् । क्षेत्र नं. २ र ३ बाट सिफारिस हुने नामहरु भने सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *