२०८२ माघ ३ गते शनिवार

माहाबीर चौधरी माथि निरजको हत्या आरोप

फरार माहाबीरको खोजी जारी

दाङ, मंसिर २३ । दाङ तुलसीपुर उपमहानगरपालिका – ६ का २८ बर्षीय निरज चौधरीको हत्या आरोपी सोही वडाका आफन्त रहेको बर्दिया प्रहरीले जनाएको छ ।

मंसिर २० गते बिहान निरज माथि गोली प्रहार गरि आफ्नै गाउँ ठाउँका बाजे नाता पर्ने तुलसीपुर – ६ कै ५१ बर्षीय माहाबीर चौधरीको खोजी भइ रहेको बर्दियाका प्रहरी प्रमुख एसपी सरोज पौडेलले बताए ।

बर्दियाको राजापुर नगरपालिका – ४ स्थित ‘हमार थारु घर एण्ड रेष्टुँरेण्ट’भित्रै आइतबार बिहान ११ बजेतिर गोली हानेर हत्या भएको थियो ।


घटनास्थल बाट गोलीको खोका र माहाबीरको पासपोर्ट तथा भिजाहरु बरामद भएको एसपी पौडेलले जानकारी दिए । निरजलाई तल्लो बाटो अमेरिका पठाइ दिने आश्वासन दिएर बिगतमा माहाबीरले पैंशा लगेको र सोही पैंशा फिर्ता माग्दा उनी माथि गोली प्रहार भएको प्रहरी अनुसन्धान बाट खुलेको छ ।

‘हमार थारु घर एण्ड रेष्टुँरेण्ट’ नजिकै महाबीरका सहोदर दाजु डिल्लीबहादुर चौधरीको जग्गामा खोलिएको पोल्ट्री फर्म रेखदेख गर्नका लागि निरज बर्दियामा बस्दै आएका थिए । हत्या आरोपी माहाबीर लुुम्बिनीका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका सहोदर साँइला भाइ हुन ।
फरार माहाबीरको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ ।


प्रहरीका अनुसार ‘हमार थारु घर एण्ड रेष्टुँरेण्ट’का एक संचालक फरार माहाबीर चौधरी आँफैपनि थिए । बर्दियाको राजापुर नगरपालिका – ४ की रामकुमारी थारुको संग पाटनरसिपमा माहाबीरले त्यो होटेल संचालन गर्दै आएकबा थिए ।

रामकुमारी नाताले महाबीरकी साली हुन । माहाबीर फरार रहेपनि प्रहरीले ४४ बर्षीया रामकुमारी ४४, उनका ५० बर्षीय श्रीमान बुद्धि थारु र उनीहरुका २२ बर्षीय छोरा राहुल थारुलाई नियन्त्रणमा लिएर घटना अनुसन्धान अगाडि बढाएको छ ।


मंसिर २० गते बिहान ११ बजेतिर आफ्नै होटेलमा माहाबीरले निरजमाथि गोली प्रहार गरेका थिए । लगतै उनी भूइमा लडेपछि माहाबीर आँफैले अचेत अवस्थाका निरजलाई बर्दियाका अस्पतालमा उपचारका लागि नपठाइ टाढा बाँकेको नेपालगंजस्ति नरसिंह होममा उपचारका लागि लैजान पठाएका थिए । त्यही बीचमा माहाबीर आँफु भने फरार भएका थिए ।


बुवा बुद्धि र उनका छोरा राहुल अचेत अवस्थाका निरजलाई नेपालगंज लिएर गएका थिए । त्यहाँ पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

रामकुमारीले घटनास्थलको प्रमाण मेटाउन भूमिका खेलेको, सरसफाइ गरेको बर्दियाका प्रहरी निरीक्षक तथा निमित्त प्रबक्ता प्रकाशसिंह कार्कीले बताए ।


मतियारको रुपमा उनीहरुले काम गरेको हुँदा नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *