तुलसीपुर, मंसिर २१ । सुरक्षाको माग गर्दै आइतरबार जिल्लाका सुन पसलहरु बन्द गरिएका छन् ।
तुलसीपुरको ‘बिजय सुन चाँदी पसल’का संचालक तथा सुन चाँदी ब्यबसायी महासंघका केन्द्रीय सदस्य लोकबहादुर स्वर्णकारले असुरक्षाका कारण जिल्लाका सम्पूर्ण सुन चाँदी पसलहरु बन्द गर्ने निर्णय भएको जानकारी दिए ।
शनिबार दिउँसो साढे १ बजेतिर जिल्लाको लमही नगरपालिका –५ स्थित ‘जुनतारा सुनचाँदी पसल’मा लुटपाट गर्ने उद्देश्यले गोली चलेको थियो ।
गोली लागेर पसलका कालीगढ १८ वर्षीय दीपक सुनार सामान्ने घाइते भएका छन् । उनको लमहीमा उपचार जारी छ ।
अनेत्र जस्तै शनिबारका दिन लमहीमा बजारहरु बन्द गर्ने नियम छ । त्यसैले ‘जुनतारा सुनचाँदी पसल’पनि बन्द नै थियो । गोली चलाएका ब्यक्तिले नै फोन सम्पर्क गरि आँफुलाई धेरै सुनका गर गहना चाहिएको हुँदा केही बेर पसल खोल्न आग्रह गरेका थिए । उनको फोनको आधारमा दीपक दिउँसो १ ः ३५ बजेतिर सुनका गरगहना बिक्री हुने आशमा पसल खोल्न गएका थिए ।
प्रहरी स्रोतका अनुसार जब दीपकले सटर बाहिरका तालाहरु खोलेर भित्र काउन्टरमा प्रबेश गरि सुन निकाल्दै गिए त्यति खेरै ग्राहक बनेर गएका ती ब्यक्तिले ती सबै सुन र गरगहना आफ्नो झोलामा नहाले ज्यान लिने धम्कि दिएका थिए । तर, दीपकले भनेको नमानेपछि तत्कालै ग्राहक बनेर आएका ती युवकले लक्षित गरि गोली प्रहार गरेका थिए । सुनार काउन्टरमा गइ सुन झिक्ने क्रममा ती सबै सुन आँफुलाई दिन भनेका थिए ।
कुरा नमाने पछि ग्राहक बनेर गएका ती ब्यक्तिले सानो हतियार बाट काउन्टर बाहिरै बाट गोली प्रहार गरेका थिए । सिसा तोडेर गएको गोली सुनारको चिउडो नजिक बाट छाला छेडेर गएको थियो । उनी भाग्यले जोगिएका थिए ।
जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार सानो हतियार बाट गोली प्रहार भएको देखिएको छ । तर, त्यो स्वचालित हतियार थियो वा नलकटुवा पेस्तोल मात्रै थियो भन्ने कुरा थप अनुसन्धान हुन बाँकी छ । घटना लगतै आफै लमही पुगेर एसपी श्रेष्ठले दिनभर जसो घटना अनुसन्धान गरेका थिए ।
घाइते दीपक सुनार प्यूठानका हुन । उनी सुन पसल संचालकका नाताले साला हुन । सुन लुट्ने उदेश्यले गोली प्रहार गरिए पनि गोली हान्ने ब्यक्तिले सुन भने लुटेर लैजान नपाएको एसपी श्रेष्ठले बताएका छन् ।
गोली प्रहारको घटना पछि पक्राउ परिने डरले ती युवक भागेका थिए । प्रहरी स्रोतका अनुसार आँफैले फोन सम्पर्क गरि गर गहना खरिदका लागि भनेर गएका ती युवकको पहिचान भइ सकेको छ । उनी फरार छन् ।
गोली चलाउने ब्यक्तिको ब्यापक रुपमा खोजी भइ रहेको प्रहरीले बताएको छ ।