२०८२ माघ ३ गते शनिवार

रोल्पामा ट्रयाक्टर दुर्घटना – चालकको उपचारका क्रममा मृत्यु

दाङ, मंसिर २१ । रोल्पामा भएको ट्रयाक्टर दुर्घटनाका घाइते चालकको उपचारका क्रममा दाङमा मृत्यु भएको छ ।


जिल्लाको रुन्टीगढी गाउँपालिका – ९का ५२ बर्षीय मोहन बस्नेत शनिबार दिउँसो दुर्घटनामा परि गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते बस्नेतलाई उपचारका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याइएकोमा उपचारका क्रममा चिकित्सकले शनिबार राति ९ बजेपछि मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।


जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार होलेरीबाट भित्री सडक खण्ड हुँदै रुन्गढी – ९ सखी तर्फ जादै गरेको लु३त ७११६ नम्बरको ट्रयाक्टर शनिबार दिउँसो आँफै अनियन्त्रित भइ सकडदेखि झन्डै १५ मिटर तल खसेको थियो ।
शब पोष्टमार्टमका लागि प्रतिष्ठानमा राखिएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *