दाङ, मंसिर १९ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलहरूलाई निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने समय सीमा तोकेको छ।
आयोगले मंसिर २१ गतेदेखि २३ गतेसम्म त्यस्तो सूची पेश गर्न आग्रह गरेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, बहादुर भवन, कान्तिपथ, काठमाडौंमा दलहरुले सूची पेश गर्न सक्ने सुविधा प्रदान गरिएको छ ।
इच्छुक राजनीतिक दलले प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–२ बमोजिम निवेदन दिन आयोगले आग्रह गरेको छ ।
निर्वाचन आयोगले प्रचिनिधि सभा सदस्य पदको समानुपातिक उम्मेदवारको बन्द सुची राजनीतिक दलले सम्बन्धित दलको केन्द्रीय समितिले निर्णय गरी अधिकार प्रदान गरेको पदाधिकारीले हस्ताक्षर गरेको निबेदन पेश गर्नपनि आग्रह गरेको छ ।
प्रतिनिधि सभा सदस्य तर्फको समानुपातिक बन्द सूचीमा भाग लिन चाहाने हरेक दललाई आयोगले त्यस्तो कुरा आग्रह गरेको हो ।