दाङ , मंसिर १७ । तत्कालिन नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलका नेता राजकुमार शर्माले आफ्नो पदबाट राजिनामा दिएका छन ।
उक्त पार्टीका प्रमुख सचेतक समक्ष शर्माले आफ्नो राजिनमा बुझाएका हुन ।राजकुमार कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री हुन । उनी पूर्व मन्त्री जनादर्शन शर्माका फूपुका छोरा हुन ।
राजकुमार जनार्दनका नाताले भाइ पर्छन । राजकुमारले पछिल्लो समय ‘प्रगतिशील राष्ट्रिय अभिान’ पार्टीको पक्षमा वकालत गर्दै आएका छन् ।
जनार्दशनले तत्कालिन नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबादी लगायतका दलहरु बीचको एकता पछि बनेको नेपाली कम्युनिष्ट पार्टी गठन गरेको प्रति असहमति जनाउँदै नयाँ पार्टी खोलेका थिए ।
राजकुमार पनि सोही पार्टीमा जान तत्कालिन माओबादीको दल नेता बाट राजिनामा दिएका हुन ।
प्रकाशित मिति : २०८२ मङ्सिर १७ गते बुधवार