२०८२ माघ ३ गते शनिवार

भीरबाट लडेर मृत्यु

दाङ, मंसिर १६ । भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

रोल्पाको त्रिवेणी गाउँपालिका –६ थुम्काका ५७ बर्षीय भरतबहादुर घर्तीको भीरबाट लडेर मृत्यु भएको हो ।

स्थानीय जंगलमा घासँ काट्न गएको समयमा मंसिर १४ गते साढे पाँच बजेतिर उनी भीरबाट लडेर गम्भीर घाइते भएका थिए ।

घर्तीको उद्धार गरि स्थानीयले अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । तर, यो घटना बारे स्थानीयले प्रहरीलाई सोमबार राति साढे ९ बजे मात्रै खबर गरेका थिए । घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *