२०८३ साउन २६ गते मङ्गलवार

कारागारबाट भागेकी महिला बर्दियामा पक्राउ

दाङ, मंसिर १५ । बर्दिया प्रहरीले जेलबाट भागेकीसहित तीन जना फरार प्रतिबादी पक्राउ गरेको छ ।


भदौ २४ गते जेनजी आन्दोलनको मौका छोपी केन्द्रीय कारागार काठमाडौं बाट भागेकी ४४ बर्षीया सिता खत्री भण्डारी पक्राउ परेकी छन् ।


जिल्लाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीका अनुसार बाँकेको कोलहपुर नगरपालिका – १२ की हुन । बैंकिङ कसुर मुद्दामा चार बर्ष कैद भुक्तान गर्न बाँकी रहेकी भण्डारी जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेकी थिइन ।

पक्राउ पछि हाल उनलाई आवश्यक कारबाहीका लागि कारागार सुरक्षा गार्ड गुलरिया बर्दियामा पठाइएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *